Banner

पुन: रवि लामिछानेलाई थुनामा पठाउने आदेश

 

मकै हाउस मिडिया,

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पुन: थुनामा पठाउने आदेश गरेको छ । 

रास्वपाका सभापती लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा केही समय पहिले मात्र रिहा भएका थिए । त्यसपछी लामिछानेले एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए । 

गत बिहीबारदेखि  बहस सुरु गरेका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो । 

 

Loading...