Banner

एनआरएनएको काठमाण्डौमा हुने अधिबेशनमा जानेलाई एयरपोर्टमै ज्यानको खतराको धम्की

 

मकै हाउस मिडिया, न्युयोर्क 

न्युयोर्क । गैर आवासिय नेपाली संघ, अमेरिकाका अध्यक्ष तथा अभियानकर्ता सुर्य लम्सालले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै एक अज्ञात ब्यक्तीले नो कलर आईडीबाट फोन गरी आगामी मे ३-५ मा काठमाण्डौमा हुने गैर आवासिय नेपाली संघको दशौ अधिबेशनमा अमेरिकाबाट नेपाल डेलिगेटको रुपमा गएमा एयरपोर्टमै ज्यानको खतरा रहेको भनि धम्क्याएको भन्दै स्टाटस पोष्ट गरेका छन् । 

लम्सालले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै तल राखिएको छ । 

“सुचना तथा जानकारी।

एनआरएनएको मे ३-५ मा काठमांडौमा हुने दशौं अधिवेशनमा भाग लिन जान तैयार रहेका डेलिगेटलाई नेपाल गएमा एअरपोर्टमै ज्यान जोखिम हुन सक्छ भन्दै धम्काएको खबरहरु प्राप्त भएको छ। “यति सदस्य पनि बनाऊन नसक्ने” भन्दै सामाजिक संजालमा भ्रम पैदा गर्ने ग्रुपले नै आगामी अधिवेशनमा सहभागी कम होस भन्नका लागि यो सुनियोजित षडयन्त्र गरेको हुनसक्ने शंका छ।
—— फोन बार्ता ——
मुकुण्डोधारी कलरः ए हजुर नमस्कार। के तपांई “मे” को एनआरएनए अधिवेशनमा काठमांडौ जादैहुनुहुन्छ?
डेलिगेटः हजुर, जादैछु।
मुकुण्डोधारी कलरः हजुरको पुरानो नराम्रो रेकर्ड रहेछ। यॅहा वा यहांको परिवारको नाम हालैको काठमांडौ आन्दोलन लगायत अन्य “अपराधिक” गतिबिधिमा संलग्न भएको देखियो। यहांको ज्यान जोखिममा छ। नेपाल जांदा यंहा माथि एअरपोर्टमै हमला हुन सक्छ। सतर्क रहनुहोला भनेर मैले यहांलाई फोन गरेको हुं।
डेलिगेटः हजुर को बोल्नुभएको?
मुकुण्डोधारी कलरः यहांकै शुभचिन्तक।
डेलिगेटः तपांईको नाम होला नि। कहांबाट बोल्नुभएको?
(फोन ह्यांग अप हुन्छ)

अपरिचित फोन नम्बरबाट यस्ता धम्कीपुर्ण फोन आएमा तुरुन्त आफ्नो क्षेत्रको प्रहरी (police precinct) मा खबर गर्नुहोला।

आगामी मे ३-५ को एनआरएनएको दशौं अधिवेशनमा सहभागी हुन अप्रिल २२ भित्र www.nrnahlc.com मा गई डेलिगेट फर्म भर्नुहोला।

धन्यवाद।” 

 

 

 

Loading...