
कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा फिप्नाको गम्भीर आपत्ति
मकै हाउस मिडिया,
न्यूयोर्क, अमेरिका । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा नेपाल आदिवासी जनजाती महासंघ, (फिप्ना) अमेरिकाले गम्भीर आपत्ति जनाएको छ। फिप्नाले एक प्रेस विज्ञप्ति जारी गर्दै घिसिङको निष्कासनप्रति घोर विरोध जनाउँदै उनको न्यायको लागी सरकारलाई आग्रह गरेको छ।

