Banner

नेपाल डे परेड २०२५ को कन्भेनरमा मनिता गुरुङ चयन

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । नेपाल डे परेड २०२५ को कन्भेनरको जिम्मा तमु परिवार न्युयोर्ककी अध्यक्ष तथा महिला ब्यवसायी मनिता गुरुङले पाउनु भएको छ । 

गत अप्रिल १३, आईतबारका दिन क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको सभाहलमा सम्पन्न नेपाल डे परेड २०२५ को टाउनहल बैठकबाट आगामी मे १८,२०२५ का दिन संसारकै अर्थबजारको केन्द्र म्यानह्याट्टनमा हुने “नेपाल डे परेड २०२५”का निमित्त तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुङलाई कन्भेनरका निमित्त चयन गरेको हो । 

गैर आवासिय नेपाली संघ, अमेरिका, राष्ट्रिय समन्वय परिषद, न्युयोर्क च्याप्टर र अन्य न्युयोर्कमा रहकेा संघ-संस्थाको आयोजना र प्रतक्ष्य सहभागितामा नेपाली कला, संस्कार, संस्कृती, भाषा, भेषभुशा र नेपाली पहिचान प्रवासमा स्थायित्वकरणको निमित्त बिगत २०१६ देखि न्युयोर्कको म्यानह्याट्टनमा प्रत्येक बर्ष भैरहेको नेपाल डे परेड २०२५ को कन्भेनरको उत्तरदायित्व तमु परिवार न्युयोर्कलाई बिगत ३ कार्यकाल देखि निरन्नतर सफल नेतृत्व गरिरहेकी सशक्त नेतृ तथा सफल महिला ब्यवसायी (ह्याप्पी किचेन जापानिज रेष्टुरेण्ट, संचालिका) मनिता गुरुङलाई दिईएको हो । 

टाउनहल बैठकले कन्भेनरमा गुरुङ संगै स्टिरिंग समितीमा अन्य पदाधिकारीहरु पनि चयन गरेको छ । स्टिरिंग समितीको पुर्ण बिवरण मकै हाउसलाई प्राप्त भैनसकेकोले अन्य जानकारी र बिवरण अर्को समाचार मार्फत ल्याउने छौ ।

 

Loading...