
आपतकालीन कोष र ग्लोबल तामाङ शिक्षा कोषको रकम अपचलन प्रकरण : पत्रकार सम्मेलनको तयारीमा
मकै हाउस मिडिया, राजु तामाङ
न्यूयोर्क, अप्रिल १५, २०२५ — Emergency Fund-2018 र Global Tamang Education Fund-2020 मा संकलित रकममा व्यापक अनियमितता र अपचलन भएको आरोप उठेसँगै सम्बन्धित पक्षहरूसँग समन्वय तथा छलफल भइरहेको छ।

सरोकारवालाहरूले विशेष ध्यान दिँदै आएका छन्। घटनाको निष्पक्ष छानबिन तथा यथार्थ सार्वजनिक गर्नका लागि निकट भविष्यमै पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ।

संगठनका एक प्रतिनिधिका अनुसार, “संस्थागत जिम्मेवारी र पारदर्शिता कायम राख्न हामी सबै मिलेर सत्य तथ्य बाहिर ल्याउनेछौं। सम्बन्धित पक्षहरूसँग आवश्यक छलफल भइसकेको छ र केही तथ्य र प्रमाण संकलन भइरहेको छ। पत्रकार सम्मेलनमार्फत सम्पूर्ण विवरण सार्वजनिक गरिनेछ।”
संगठनका सदस्य तथा प्रवासी तामाङ समुदायले यस विषयमा चासो व्यक्त गर्दै सत्य तथ्य सार्वजनिक गर्न र दोषी उपर कारबाही गर्नुपर्ने माग समेत गरिरहेका छन्।
पत्रकार सम्मेलनको मिति, समय र स्थान चाँडै नै सार्वजनिक गरिने छ |