Banner

लिटिल बुद्धका नामले परिचित रामबहादुर बम्जन थुनामुक्त

 

मकै हाउस मिडिया, राजु तामाङ

मैत्री मंगलम् सम्बोधि धर्म संघ का गुरु तथा लिटिल बुद्ध का नामले चर्चित रामबहादुर बम्जन उच्च अदालत जनकपुरको आदेशबाट थुनामुक्त भएका छन्।

धेरै वर्षदेखि कानुनी प्रक्रियामा रहेका बम्जन, जसले मैत्री धर्म, मैत्री लिपि, मैत्री भाषा, मैत्री जीवन पद्धति र मैत्री मार्ग को विकास गर्दै अध्यात्मिक चेतनाको नयाँ बाटो देश तथा विदेशमा फैलाउँदै आउनुभएको छ, अन्ततः अदालतको निर्णयबाट थुनामुक्त भएपछि उनका लाखौं मैत्री मार्गी अनुयायीहरू हर्षित भएका छन्।

बम्जनको शिक्षाले नेपाल मात्र नभई विभिन्न देशमा रहेका अनुयायीहरूलाई मानवता, शान्ति र मैत्री भावनामा आधारित जीवनयापनका लागि प्रेरित गर्दै आएको छ।

थुनामुक्त भएसँगै नेपाल र अन्तर्राष्ट्रिय अध्यात्मिक जगतमा यो घटनालाई महत्वपूर्ण मोड का रूपमा हेरिएको छ। उनका अनुयायीहरूले सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरूमा खुशी व्यक्त गर्दै धर्म र अध्यात्मिक स्वतन्त्रता को पक्षमा यो निर्णय ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन्।

अहिले बम्जनको पुनः सार्वजनिक दर्शन र प्रवचन कहिले हुने भन्ने विषयमा आधिकारिक जानकारी आउन बाँकी छ। तर उनका अनुयायीहरूले चाँडै नै गुरुको सानिध्य पाउने आशा गरेका छन् ।

 

 

Loading...