
न्युयोर्कमा मा.राजकुमार गुप्तासँग फिप्ना र गुरुङ तमु सोसाइटीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
मकै हाउस मिडिया, बिर घर्ती मगर
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र गुरुङ तमु सोसाइटी इंकसँगको सहकार्यमा आईतवार नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

हिजोबाट शुरु भएको युनाईटेड नेशन प्रमानेण्ट फोरूम अफ ईन्डिजिनीयस(UNPFII) को कार्यक्रममा नेपाल बाट सहभागी हुन आउनुभएका मन्त्री मण्डलको टोलीसँग नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र गुरुङ तमु सोसाइटी इंकसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम राखेको हो ।


अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति आयोगकी सदस्य मा. श्रीमती रिना राना मगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरूङ, संघिय मामिला तथा सामान्य प्रशासन तथा कार्यकारी सदस्य आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सह सचिव प्रकाश दाहाल, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य सेतेमान तामाङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरूङ, गुरुङ तमु सोसाइटी इंकका अध्यक्ष ओम बहादुर गुरुङ, फिप्नाका सल्लाहकार कुलदिप रानामगर लगाएतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियोे भने सो कार्यक्रममा न्युयोर्कमा क्रियाशील सामाजिक संघ, संस्थाका प्रतिनिधिहरूको सहभागी रहेको थियो ।

साथै कार्यक्रम संचालन गुरुङ तमु सोसाइटी इंकका महासचिव मच्छे गुरूङले गर्नु भएको थियो ।