
न्यूयोर्कमा हुने म्युजिक एण्ड फिल्म अवार्डको दिन नजिकिदै, उल्लेख्य कलाकारको सहभागिता रहने
मकै हाउस मिडिया, लकेश श्रेष्ठ
न्युयोर्क । आगामी मे ४ तारिख न्यूयोर्कको मेलरोज बालरुममा हुने उक्त अवार्ड समारोहमा नेपाल लगायत अमेरिकाको विभिन्न राज्यहरुबाट कलाकारहरुको उत्साहजनक सहभागीता रहने भएको छ।
नेपाली चलचित्र क्षेत्र र सांगीतिक क्षेत्रमा योगदान पुर्याएका चर्चित हस्तीहरुलाई सम्मान गरिने उक्त समारोहमा २ जनालाई लाइफ टाइम एचिभमेन्ट(जीवन-काल प्राप्ति पुरस्कार )प्रदान गर्ने भएको ।

ख्याती प्राप्त चर्चित संगीत निर्देशक तथा गायक शम्भुजीत बास्कोटा तथा नेपालका प्रथम पप गायक ओम बिक्रम बिष्टलाई जीवन-काल प्राप्ति पुरस्कार प्रदान गरिने भएको छ । साथै सांगितिक क्षेत्र र चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याएका चर्चित हस्तिहरुलाई विभिन्न विधामा सम्मान गर्ने भएको छ।
नेपालबाट नेपाली सिनेजगतका चर्चित हस्ति महानायक राजेश हमाल ,शम्भुजित बास्कोटा ,कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी ,नीति शाह ,प्रशान्त ताम्राकार ,कोरियाग्राफर तथा मोडल(नमुना)राहुल शाह लगायत नेपालबाट न्यूयोर्क अवतरण हुने तयारीमा रहेको छ।
उक्त समारोहलाई रोचक र आकर्षक बनाउन चर्चित मोडल तथा डान्सर राहुल शाह लगायत २०+ चर्चित कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति सहितको स्टेज धमका हुनेभएको छ।
यस अवार्ड समारोहलाई सभ्य , भव्य र ब्यवस्थित बनाउन ब्यापक तयारी भैरहेको र कलाकारहरुको उचित ब्यबस्थापन तथा सहजिकरणको लागि सुविधा सम्पन्न Hotel Marriott बुकिङ रहेको र नेपाल लगायत अमेरिकाको विभिन्न राज्यहरु बाट आगमन हुने कलाकारहरुलाई न्यूयोर्कमा भव्य स्वागत गर्न आयोजक तयारी अवस्थामा रहेको छ।
यो एउटा अवार्ड मात्र नभएर फिल्म फेस्टिबलको रुपमा विकाश गर्न सबै नेपाली समुदायलाई जोड्ने प्रयास भैरहेको र अमेरेकि इतिहासमै पहिलो पटक नेपाली संगित र फिल्मी कलाकारहरुलाई एउटै ग्लोबल स्टेजमा सम्मान गर्ने ऐतिहासिक अवार्ड समारोहमा न्यूयोर्क लगयत आसपासका क्षेत्रमा रहनु भएका समस्त नेपालीजन नेपालीमनहरुमा उत्साहजनक सहभागीतको लागी हार्दिक आह्वन गर्दछौं।