Banner

एन.आर.एन.ए., आई.सि.सी.को महासचिवमा बावुराम (बि.आर.) लामा निर्विरोध निर्वाचित

 

मकै हाउस मिडिया, राजु तामाङ

काठमाण्डौ ।, २०८२ बैशाख २१ — गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, (NRNA,ICC) को १०औँ एकता महाधिवेशनबाट बि.आर. लामा महासचिव पदमा निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचित लामा दशकौँदेखि प्रवासमा रहेका नेपालीहरूको हक, अधिकार र पहिचानका लागि निरन्तर आवाज उठाउँदै आएका एक सच्चा अभियन्ता हो । लामाको दीर्घकालीन योगदान, दूरदृष्टि र पारदर्शी कार्यशैलीका कारण नेपाली डायस्पोराको नेतृत्वका लागि सबै वर्गबाट एकमत समर्थन प्राप्त भएको हो । 

“संगठनमाथिको भरोसा र राष्ट्रियताको बन्धन बि.आर. लामाको अभियानमा झल्कन्छ,” एनआरएनएका एक वरिष्ठ सदस्यले बताए।
“उनको निर्वाचित हुनु केवल एउटा पदमा पुग्नु होइन, यो विश्वभर छरिएका नेपालीहरूबीच एकताको बलियो संकेत हो।”

लामाले पदभार ग्रहणसँगै विश्वभरका एनआरएनहरूबीच समन्वय, नेपालसँगको सम्बन्ध सुदृढीकरण, युवा नेतृत्वको सशक्तीकरण, र मातृभूमिको आर्थिक-सामाजिक विकासमा दीर्घकालीन र ठोस कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

 

Loading...