
“नेपाल डे परेड २०२५” को तयारी तिब्र गतिमा अगाडी बढ्दै
मकै हाउस मिडिया,
न्युयोर्क । न्युयोर्कमा आगामी मे १८ का दिन हुन लागिएको “नेपाल डे परेड २०२५” को तयारी तिव्र गतिमा अगाडी बढिरहेको छ ।
गैर आवासिय नेपाली संघ, अमेरिका, राष्ट्रिय समन्वय समिती, न्युयोर्क च्याप्टर र अन्य नेपाली संघ-संस्थाहरुको संयुक्त आयोजनामा आगामी मे १८ का दिन न्युयोर्कको म्याहट्टनमा हुने “नेपाल डे परेड २०२५” को तयारी तिब्र गतिमा अगाडी बढिरहेको छ ।

हिजो सॅाझ न्युयोर्क, क्विन्स स्थित मेलरोज बलरुममा सम्पन्न एक नेपाली कार्यक्रममा समेत नेपाल डे परेडको ठुलो फ्लाएर डिस्प्ले गरिएको थियो । नेपालबाट कार्यक्रममा भाग लिन आएका नेपाली चलचित्र जगतका हस्ती महानायक राजेश हमाल र कार्यसमितीका सदस्यद्वय छिरिंग शेर्पा (अध्यक्ष), मनिता गुरुंग (कन्भेनर), कृष्ण आचार्य (आर्थिक समिती संयोजक) र बेगम पंडित (आर्थिक समिती सह-संयोजक) ले संयुक्तरुपमा मे १८ मी हुने परेडमा सहभागी हुन आमण्त्रण सहित फ्लाएर प्रोमाशन गरेका थिए ।

कार्यक्रम स्थल बाहिर पनी नेपाल चिनारी सहित बिभिन्न तस्वीरहरु बोकि परेड डे कार्यसमिती सदस्य लगाएत बिभिन्न संस्थालाई प्रतिनिधित्व गरेका प्रधिनिधीहरुले समेत नेपाल डे परेडको प्रचार प्रसारमा सघाउ पुर्याएका थिए ।