Banner

बार्सिलोनालाई हराउदै ईन्टरमिलान च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

 

मकै हाउस मिडिया, 

न्युयोर्क । जारी युईएफए च्याम्पियन्स लिग २०२५को सेमिफाईनल खेलमा बार्सिलोनालाई हराउदै ईन्टरमिलान फाईनलमा प्रबेश गरेको छ । 

च्याम्पियन्स लिगको सेमिफाईनल खेलको ‘गर या मर’को अवस्थाको खेलमा बार्सिलोनालाई ३-४ गोल अन्तरले पराजित गर्दै ईन्टरमिलान फाईनलमा प्रवेश गरेको हो । 

खेलको पहिलो हाल्फको २१ औ मिनेटमा लाटुरो मार्टिनेज र ४५ औ मिनेटमा काल्हानोग्लुले गोल गर्दै ईन्टरमिलानलाई २-० को अग्रता दिलाएका थिए । खेलको दोस्रो हाल्फ पछी बार्सिलोनाले निरन्तर खेल आफ्नो पक्षमा पार्दै खेलको ५४ औ मिनेटमा ईं गार्सिया, ६० औ मिनेटमा डानी आल्मो र ८७ औ मिनेटमा राफिन्हाले जाली चुमाउदै ३-२ को अग्रता दिलाएका थिए बार्सिलोनालाई भने खेलको अन्तिम मिनेट ईन्टरमिलानलाई रोक्न नसक्दा खेलको अतिरिक्त ९०+३ मिनेटको समयमा एकेर्वीले गोल गर्दै खेलमा बराबरी गर्दै ९० मिनेटको खेलको समाप्ती गरेका थिए । 

९० मिनेटको रेगुलर अन्त्य पछि थप गरिएको अतिरिक्त समयको ९९ औ मिनेटमा फ्राटेस्सीले गोल गर्दै ईन्टरमिलानलाई ४-३ को अग्रता दिलाउदा बार्सिलोनाको हरेक प्रहारलाई बिफल बनाउदा ९९ औ मिनेटको गोल नै निर्णायक गोल बन्दा बार्सिलोनालाई स्तब्ध पार्दै च्याम्पियन्स लिगको फाईनलमा प्रबेश गरेको हो । 

अब अबका निमित्त भोली हुने सेमिफानलको अर्को खेल आर्सनल र पिएसजी बिचको बिजयी टोली संग मे ३१ मा प्रतिष्पर्धा गर्ने छ । 

 

Loading...