
लिन्सको आयोजनामा भर्चुअल साहित्यिक संवाद : डा. नवराज लम्सालसंग हुने भएको छ ।
मकै हाउस मिडिया,
न्युयोर्क । लंग आईल्याण्ड नेपाली समाजको आयोजनामा साहित्यिक संवाद : डा. नवराज लम्साल संग हुने भएको छ ।
आगामी मे १०,२०२५ शनिबार सॅाझ ७ः३०-९ः३० बजे (ईस्टर्न समय) सम्म न्युयोर्कको लंग आईल्याण्डमा रहेका नेपालीहरुको छाता संगठन लंग आईल्याण्ड नेपाली समाज, न्युयोर्कको आयोजनामा लोकप्रिय साहित्यकार डा. नवराज लम्सालका पेशागत, साहित्यक कृती, अमेरिका भ्रमण लगाएत अनेकौ अनुभवबारे बिशेष संवाद हुने भएको हो ।

डा. लम्साल संगै अन्य श्रष्टाहरुको पनि बिशेष प्रस्तुती र अन्तर-संवाद सहितको साहित्यिक बिशेष कार्यक्रम आयोजना हुने भएको हो ।
कार्यक्रमको संयोजन लंग आईल्याण्ड नेपाली समाजकी साहित्य बिंभाग संयोजक रश्मी भट्टले गरेकी हुन् । भने कार्यक्रमको मोडेरेटरको रुपमा आचार्य पंडित पिपलमणी सिग्देल र राजेन्द्र कुमार कार्कीले संयुक्तरुपमा गर्ने भएको छ ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका मात्र नभई नेपालबाट पनी सहभागिता रहने जनाईएको छ । कार्यक्रममा सहभागीका निमित्त फ्लाएरमा दिईएको जुम (Zoom) (ID) आईडी र पास्वर्ड प्रयोग गरी सहभागी हुन सक्नुहुनेछ । जुम मार्फत गरिएको भर्चुअल कार्यक्रम यूट्युब र फेसबुक मार्फत प्रतक्ष्य प्रशारण गरिनेछ ।