
न्युयोर्कमा ‘मा. एभरेष्ट डे म्युजिकल नाईट’ हुने
मकै हाउस मिडिया, सबिन चन्द ठकुरी
न्युयोर्क । न्युयोर्कको क्विन्समा “माउण्ट एभरेष्ट डे, म्युजिकल नाईट २०२५” हुने भएको छ ।

यूएस नेपाल क्लाईम्बर्स एसोशिएसनको आयोजनामा आगामी मे ३१,२०२५ शनिबार सॅाझ ६ः०० देखि मध्यरात सम्म न्युयोर्कको क्विन्स स्थित खार्चु युग्एन योबर सेन्टर अफ न्युयोर्क ( ८३-२१ ५७ एभिन्यू, एल्महर्स्ट, न्युयोर्क ११३७३) को हलमा “सेलेब्रेसन अफ ईन्टरनेशनल माउण्ट एभरेष्ट डे, म्युजिकल नाईट २०२५” हुने भएको हो ।

उक्त म्युजिकल नाईटको होस्टको रुपमा मिस नेपाल नर्थ अमेरिका बिजेता जुबिली शेर्पाले गर्ने भएको छ । भने कलाकारहरु गम्बु शेर्पा र भुटानका चर्चित गायिकाद्वय जांगचुक छोदेन र मिन्जुले आफ्नो बेजोड प्रस्तुती दिने भएको छ । कार्यक्रमको अन्त्यमा भने डिजे पासांग र काजीले माहौल तताउने भएको छ ।