Banner

न्युयोर्कमा सातौ ‘नेपाल डे परेड २०२५’ भब्य सम्पन्न

 

मकै हाउस मिडिया, 
न्यूयोर्क । संसारकै अर्थतन्त्रको महाबजार न्यूयोर्क शहरको म्यानह्याट्टनमा ‘नेपाल डे परेड २०२५’ भब्य सम्पन्न भएको छ ।

न्यूयोर्कको व्यस्त सहर म्यानहाटनमा आइतबार दिनभर पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुन्जिएको परेडमा विभिन्न सङ्घसंस्थाका ब्यानर सहित नेपाली र नेपाली अमेरिकनहरूको समेत उपस्थिति रहेको थियो । 


गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली सङ्घसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।

न्यूयोर्क शहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको साङ्गीतिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको थियो । नेपाली पोसाक, झन्डा र ब्यानर सहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरूले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रिय भाव प्रकट गरेका थिए । 

छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न भएको परेडमा मनिता गुरुङले कन्भेनरको भूमिका निर्वाह गर्नुभएको थियो ।भने आर्थिक संयोजकको रुपमा कृष्ण आचार्यले बिशेष भुमिका निर्बाह गरेका थिए ।

परेडका लागि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सहकार्य गरेको थियो । त्यस्तै संचारकर्मी, होस्ट एवं म्यूजिक भिडियो निर्देशक विक्कि पुलामी र होस्ट डाजिमा शेर्पाले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए ।

 

Loading...