Banner

“दृष्टि मार्फत जीवन परिवर्तन” डा. सन्दुक रुईत, बिशेष कार्यक्रम न्युयोर्कमा

 

मकै हाउस मिडिया,

न्युयोर्क । नेत्र रोग बिशेषज्ञ डा. सन्दुक रुईत संगको बिशेष प्रेणादायी  कार्यक्रम न्युयोर्कमा हुने भएको छ । 

युनाईटेड शेर्पा एसोशिएसन (शेर्पा किदुग) यूएसएको आयोजनामा आगामी मे २४ दिउसो २ः००-४ः०० बजे सम्म न्युयोर्कको एल्महर्स्ट स्थित शेर्पा गुम्बा (41-01 Tenzing Norgay Sherpa Way, 75th St. Elmhurst, 11373) को सभाहलमा “दृष्टि मार्फत जीवन परिवर्तन” डा. सन्दुक रुईत, बिशेष प्रेणादायी कार्यक्रम हुन लागिएको हो । 


तिलगंगा नेत्र (आँखा) प्रतिष्ठानका संस्थापक / कार्यकारी निर्देशक तथा बरिष्ठ नेत्र रोग बिशेषज्ञ डा. सन्दुक रुईत जसले सानो-चीरा मोतियाबिन्दु शल्यक्रिया प्रयोग गरेर अफ्रिका र एसियाभरि १८०,००० भन्दा बढी मानिसहरूको दृष्टि पुनर्स्थापित गरी मानव परेपकारी कार्यमा छुट्टै आयाम ल्याएका छन् ।  डा. रुईत एसिया र अफ्रिकामा जिउदो भगवानको रुपमा समेत परिचित छन् । 

 

Loading...