Banner

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं अधिवेसनबाट पुरन लिम्बु अध्यक्षमा चयन

 

मकै हाउस मिडिया,

न्यूयोर्क । किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं  अधिवेसनले पुरन पयाङ्गु (लिम्बु)लाई अध्यक्ष पदमा चयन गरेको छ ।

हिजो मे २५,२०२५  आइतबारका दिन न्यूयोर्कको क्विन्स स्थित चुम्लुङको आफ्नै कार्यालयमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत १९ जनाको नयाँ कार्य समिति सहित पयाङ्गुलाई नेतृत्व हस्तान्तरण गरेको हो । 

नयॅा कार्य समितीमा वरिष्ठ उपाध्यक्ष पदमा सुर्य लिङ्देन, उपाध्यक्ष पदमा सरस्वती कन्दङ्वा, निर्मला कन्दङ्वा र घनेन्द्र मावो चयन गरेका छन् । भने महासचिव पदमा दिनेश लिङ्देन, सचिव पदमा सजना सुब्बा (एभेङ) र हरी जबेगु, कोषाध्यक्ष पदमा दिक्षाँ जबेगु चयन भएका छन् ।

२ बर्षे कार्यकाल रहने कार्य समितिको सदस्यहरुमा पुनम लिम्बु, मौसम इङ्नाम, सुबिङ लिम्बु, सन्जोक थेगिम, केपी शेर्मा, लेलिन इजम, संध्या लिम्बू र देवी इजम चयन भएका छन् । सम्मानार्थ सदस्य तर्फ रुपा याखालाई चयन गरेको हो । 

लामो समयदेखि चुम्लुङको अभियानमा सक्रिय रहेका पुरन नेतृत्वको नयाँ कार्य समितिको आगामी बैठकले विभिन्न राज्यहरुबाट अन्य सदस्यहरु मनोनित गर्नेछन् ।

 

Loading...