Banner

एनआरएनए सबै प्रवासीको आवाज हो – बिआर लामा, महासचिब

 

मकै हाउस मिडिया, राजु तामाङ

NRNA ICC का महासचिव बाबुराम (BR) लामालाई १० वटा महत्वपूर्ण प्रश्नहरू

१. महासचिव पदमा निर्वाचित भएपछि तपाईंको पहिलो प्राथमिकता के हो?  
उत्तर: मेरो पहिलो प्राथमिकता NRNA को एकतालाई मजबूत गर्ने, संस्थागत पारदर्शिता बढाउने, र गैर आवासीय नेपालीहरूको संविधानले प्रदत्त गैर आवासीय नेपाली नागरिकको अधिकारलाई सुनिश्चित गरी व्यवहारमा लागू गर्न नेपाल सरकारसँग सहकार्य गर्ने हो।  

 

२. NRNA मा गुटबन्दी र विवाद बढिरहेको भन्ने आरोपहरू छन्, तपाईंको धारणा के हो?  
उत्तर: गुटबन्दीले संस्थाको प्रगतिलाई बाधा पुर्याउँछ। म विवाद न्यूनीकरण गर्न सबैसँग सहिष्णुता कायम गरी सहकार्य, सहमति र सामूहिक निर्णय प्रक्रियालाई बढावा दिनेछु।  

 

३. निर्वाचनमा पराजित भएका टिमलाई तपाईं कसरी समेट्नुहुन्छ?  
उत्तर: यसपाली यसको उत्तर दिनु परेन किनभने हामीले संस्थालाई एकता र अक्षुण्णता कायम गर्नको लागि सबै कार्यसमिति निर्बिरोध निर्वाचित गर्न सफल भएका छौं। तर यदि मतदान भई हार-जीत नै भएको थियो भने: हार जित भनेको चुनावको एक अंश हो, तर NRNA को लक्ष्य साझा छ। म समावेशीता, संवाद, भूमिका विभाजन र समान सहभागिता मार्फत वहाँहरूलाई संगठनसँग जोड्न प्रयास गर्थे।  

४. निर्वाचनमा भाग नलिएका वा निष्क्रिय रहेका टिमलाई तपाईंको सन्देश?  
उत्तर: NRNA सबै प्रवासीको आवाज हो। म वहाँहरूलाई आउनुहोस्, सहभागी हुनुहोस्, संस्थालाई सशक्त बनाउनुहोस् भनी आग्रह गर्दछु। निष्क्रियतालाई सक्रियतामा रूपान्तरण गर्न मञ्च दिने प्रतिबद्धता छ।  

 

५. NRNA मा महिला तथा युवाको भूमिका कस्तो देख्न चाहनुहुन्छ?  
उत्तर: महिला र युवा NRNA मात्र होइन, देशकै अभिन्न शक्ति हुन्। म महिला र युवा नेतृत्वको विकास र वहाँहरूको नवीन विचारलाई प्रोत्साहन गर्नेछु।  

 

६. NRNA र नेपाल सरकारबीचको सहकार्यलाई तपाईं कसरी अगाडि बढाउनुहुन्छ?  
उत्तर: नियमित संवाद, रणनीतिक सम्झौता (जस्तै लगानी, डिजिटलाइजेशन, रोजगारी) र संयुक्त प्रोजेक्टमार्फत सरकारसँगको सहकार्यलाई प्राथमिकता दिनेछु।  

 

७. विश्वभरका NCC (राष्ट्रिय समन्वय परिषद) सँग समन्वयलाई कसरी प्रभावकारी बनाउनुहुन्छ?  
उत्तर: यसको लागि यसप्रकारका कार्यहरू गरिनेछन्:  
– प्रभावकारी सूचनाको आदानप्रदान।  
– गैर आवासीय नेपालीहरूको हित र संघको लक्ष्य प्राप्तिको लागि संयुक्त कार्यक्रमहरूको विकास र कार्यान्वयन गर्ने।  
– दुवै परिषदहरूको (ICC र NCC) प्रभावकारिता बढाउन आफूसँग भएको संसाधन, विशेषज्ञता, र सीपको साझा गर्ने।  

 

८. लगानी, उद्यमशीलता र सीप प्रवाहमा NRNA को भूमिका के देख्नुहुन्छ?  
उत्तर: NRNA ले प्रवासी लगानीको लागि अनुकूल वातावरण, स्टार्टअप फण्ड, र सीप आदानप्रदान जस्ता कार्यक्रमहरू मार्फत नेपालको आर्थिक विकासमा ठूलो योगदान दिन सक्छ।  

 

९. संस्था भित्र पारदर्शिता र जवाफदेहितालाई तपाईं कसरी कार्यान्वयन गर्नुहुन्छ?  
उत्तर: खुला बजेट, नियमित अडिट, सदस्यहरूको फीडब्याक लिने प्रणाली र डिजिटल ट्र्याकिंगमार्फत पारदर्शिता बढाउनेछु।  

 

१०. तपाईं सम्पूर्ण प्रवासी नेपाली समुदायलाई के सन्देश दिन चाहनुहुन्छ?  
उत्तर: भिन्न भिन्न पहिचानमा हामी सबै एक हौँ। NRNA मार्फत नेपालको प्रगतिमा आफ्नो भूमिका निभाऔँ। एकताबद्ध रहौँ, सक्रिय बनौँ, र विश्वमा नेपालको गौरव बढाऔँ । 

 

Loading...