
मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरको नयॅा नेतृत्वमा रत्न सिङ गर्बुजा, १७ सदस्यिय टोली सर्बसम्मत चयन
मकै हाउस मिडिया,
न्यूयोर्क।भर्खरै सम्पन्न मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको पाँचौ अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति सहित रत्न सिङ गर्बुजाको नेतृत्वमा निर्विरोध चयन गरेको छ।

गत, जुन १,२०२५ आईतबारका दिन न्युयोर्कको ज्याकसन हाईट्स स्थित हिमालयन करी हाउस सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिबेशनले सम्पुर्ण टोलिलाई नै सर्बसम्मत चयन गरेका हुन् । अध्यक्ष पदमा रत्न सिङ गर्बुजा, बरिष्ठ उपाध्यक्ष पगमा टेक मिलन पुन मगर, उपाध्यक्ष पदमा गगन थापा मगर, महिला उपाध्यक्ष पदमा प्रेमा घर्ति मगर, सचिव पदमा दिलिप श्रीष मगर, सह–सचिव पदमा दिपेन्द्र आले मगर, महिला सचिव पदमा माया पुनमगर, कोषाध्यक्ष पदमा निरोज पुलामी मगर, सह–कोषाध्यक्ष पदमा स्मृति बुढा मगरलाई सर्नसम्मत चयन गरेका हुन् । त्यस्तैगरी सर्वसम्मत बोर्डको सदस्यमा चयन हुनेहरुमा सन पुन मगर, सुरेश पुन मगर, शिरू पुन मगर, युवराज घर्ति मगर, किरण बुढा मगर, याम बहादुर पुन मगर रहेका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थापक स्व. अध्यक्ष हेम बहादुर पुनमगर र प्रथम सहिद लखन थापा मगरलाई खादा अर्पण गर्दै दिप प्रज्वलन गरी मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना मगर र मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगरले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमको समापनमा निर्वाचन समिति संयोजक याम पुन मगर, निर्वाचन समितिसदस्यद्वय कुलदिप रानामगर र याम कुमारी मगरले संघको म्याण्डेट नयाँ कार्य समितिलाई हस्तान्तरण गरेका थिए ।