Banner

अमेरिकाको भर्जिनियामा दुई बच्चा सहित ४ जना मृत फेला

 

मकै हाउस मिडिया, 

भर्जिनिया । संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको मनाससमा हिजो बिहिवार घरको तल्लो तल्लामा भाड़ामा बस्दै आएका एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेको मनाससपार्क प्रहरीले जनाएका छन् ।

मनासस प्रहरीले एक बिज्ञप्ती जारी गर्दै  विहीबार साँझ १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरको तल्लो तल्लामा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरे पछी प्रहरी पुगेर तल अपार्टमेन्टमा छिर्दा ४ जनालाई मृत अवस्थामा फेला पारेको जनाईएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा एक धारिलो हतियार पनी भेटिएकोले हत्या पछी आत्महत्या गरेको हुन सक्ने आशंका गर्दै यस घटनालाई हत्यापछि आत्महत्या (मर्डर-सुसाइड) का रूपमा अनुसन्धान गरिरहेको जनाईएको छ ।

मृतकहरू ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका लाई मनासस शहरको मेडिकल एक्जामिनर कार्यालयमा पठाइएको छ। थप जानकारीका लागि मनेसास पार्क प्रहरी विभागसँग सम्पर्क गर्न सकिने समेत विज्ञप्तीमा उल्लेख छ ।

Loading...