
नेपाल तामाङ समाज, सिजुओका क्षेत्रीय अधिवेशन सम्पन्न, विजय सागर योन्जन अध्यक्षमा चयन
मकै हाउस मिडिया, राजु तामाङ (न्युयोर्क)
सिजुओका, जापान — २०२५ साल असार ८ गते, नेपाल तामाङ समाज, सिजुओका क्षेत्रीय कार्य समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले श्री विजय सागर योन्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
नवगठित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्:
अध्यक्ष: विजय सागर योन्जन
उपाध्यक्षहरू: कुमार तामाङ थिङ तामाङ, दिपक थिङ तामाङ
महिला उपाध्यक्ष: शान्ता तामाङ
सचिव: मिलन थिङ तामाङ
सह-सचिव: सुजन योन्जन
कोषाध्यक्ष: पारू लामा
सहा कोषाध्यक्ष: प्रभात बोम्जन लामा
सदस्यहरू:
अनिता तामाङ लामा
विशाल लामा तामाङ
भुवन तामाङ
बिजय रुम्बा तामाङ
राजेन्द्र तामाङ
मिना मोक्तान तामाङ
प्रताप तामाङ
पञ्चलाल तामाङ

नेपाल तामाङ समाज, जापान केन्द्रले नवगठित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। समाजले आशा गरेको छ कि यो अधिवेशन तामाङ समुदायको सांस्कृतिक, सामाजिक र सांगठनिक एकतालाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम सावित हुनेछ।

यसै अवसरमा समाजले उल्लेख गरेको छ कि नयाँ नेतृत्वको अगुवाइमा सिजुओकास्थित तामाङ समुदाय अझ संगठित, जागरुक र सक्षम बन्नेछ भन्ने विश्वास गरिएको छ।