
भर्जिनिया घटनाका परियार परिवारको अन्त्येष्टिका निमित्त “गोफण्डमी” मार्फत सहयोग पुर्याउन आग्रह
मकै हाउस मिडिया,
न्युयोर्क । गत जुन ५,२०२५ बिहिबार सॅाझ भर्जिनिया राज्यको मनाससमा सॅाझ १०ः४० जादा घटेको दुखद घटना जहॅा उज्वल भबिष्यको खोजिमा ६ महिना पहिले मात्र संतोष परियार २ बच्चा सहित स-परिवार मनासस सरेका थिए, तर ६ महिना नपुग्दै आफु सहित श्रीमती अञ्जु श्रेष्ठ, २ वर्षका छोरा र ८ वर्षकी छोरी संगै दुखद घटनाको शिकार बन्न पुगे ।
उनका छिमेकीका अनुसार परियारका परिवार शान्त र मायालु स्वभाबका थिए उनका २ वटा बच्चा घरको प्रांगणमा हासिखुसी खेलिरहन्थ्यो तर अचानक भौतिक संसार त्याग्नु पर्यो ।
परियार र श्रेष्ठका परिवार नेपालबाट संतोष परियारका परिवारको अन्त्येष्टीका लागी भर्जिनिया आउने तयारीमा छन् । परियार परिवारका अन्त्येष्टी सहयोगार्थका निमित्त गैर आवासिय नेपाली संघ अमेरिका, भर्जिनिया च्याप्टरले “गो फण्डमी” मा खाता खोली अमेरिकन $५० हजारको लक्ष्य राखि सहयोगका लागी अपिल गरेका छन् ।
गो फण्डमी मार्फत सहयोग पुर्याउन चाहनेको लागी तल राखिएको लिंक मार्फत सहयोग पुर्याउन सक्नु हुनेछ ।
https://gofund.me/e8c051fd
