Banner

सनफ्रान्सिस्कोमा नवाह महायज्ञ तथा बौद्ध शान्ति पूजा सम्पन्न,७ लाख डलरभन्दा बढी दान संकलन

मकै हाउस मिडिया,

सैनफ्रान्सिस्को, अमेरिका। गैरआवासीय नेपाली समुदायको सक्रिय सहभागितासहित देवी भागवत ज्ञान महायज्ञ तथा बुद्ध शान्ति पूजा (धार्मिक महोत्सव) क्यालिफोर्नियाको रिचमण्ड सहरमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया (NANC) द्वारा आयोजित यो नौदिने धार्मिक कार्यक्रम जुन ७ देखि १५ तारिखसम्म सञ्चालन गरिएको थियो, जसमा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता र आध्यात्मिक समर्पण देखिएको थियो।

इन्टरनेसनल नेपाल शेफ सोसाइटी (INCS), सैन फ्रान्सिस्को च्याप्टरका अध्यक्ष श्री दीपक भुसालले कार्यक्रमको हिस्सा बन्न पाएकोमा गौरव महसुस गर्दै सबै टिम नेताहरूलाई उनीहरूको सामूहिक प्रयासको लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

NANC अध्यक्ष प्रीतेश कार्की र मुख्य आयोजक समिति समन्वयक घनप्रसाद दबाडीका अनुसार, महायज्ञमा हजारौं श्रद्धालुहरूको सहभागितासँगै नेपाली समुदाय केन्द्र निर्माणका लागि ७ लाख अमेरिकी डलरभन्दा बढी कोष संकलन गरिएको छ। आयोजकहरूले यसअघि सन् २०११ र २०१८ मा पनि यस्तै कार्यक्रममार्फत उल्लेखनीय रकम संकलन गर्न सफल भएको जानकारी दिए।

NANC परिवार, मूल कार्यक्रम समिति, बे एरियाका भक्तजनहरू, विभिन्न संघ-संस्थाहरू, स्वयंसेवकहरू र उदार दाताहरूको समर्पण र योगदानको उच्च सम्मानसहित धन्यवाद प्रकट गरिएको छ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा, नवौं दिनको महाभोज इन्टरनेसनल नेपाल शेफ सोसाइटी (INCS), सैन फ्रान्सिस्को च्याप्टर र “बिन्दास टोली – We The Helping Hands” को सहकार्यमा आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप रौनकता ल्याएको थियो।

INCS तर्फबाट वरिष्ठ उपाध्यक्ष श्री शोभ थापालाई बिन्दास टोली – We The Helping Hands सँगको समन्वय र संस्थाको उत्कृष्ट प्रतिनिधित्व गरेकोमा विशेष धन्यवाद दिइएको थियो। साथै, सुनु धिताल र बिन्दास टोली – We The Helping Hands सम्पूर्ण टिमलाई महाभोज मा देखाएको समर्पण र योगदानको लागि विशेष कदर गरिएको थियो।

समापन मन्तव्य दिंदै, INCS USA का राष्ट्रिय समन्वयक श्री लक्ष्मण सापकोटाले भन्नुभयो—“समुदायको एकता, भक्ति र सेवामा आधारित यस्ता धार्मिक, सामाजिक र परोपकारी कार्यक्रमहरूले अमेरिकास्थित नेपालीहरूको सामूहिक पहिचान र सामाजिक उद्देश्यलाई अझ सुदृढ बनाउन सहयोग पुर्‍याइरहेका छन्।”

 

Loading...