
एनआएएनए अमेरिकाको सदस्यता लिन र नविकरण गर्न अभियन्ता सतेन्द्र शाहको आग्रह
मकै हाउस मिडिया,
न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको सदस्यता लिन र पुरानालाई नविकरण गर्न अभियन्ता सतेन्द्र शाहले आग्रह गरेका छन् ।
आगामी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको चुनावमा मतदातावलीमा आफ्नो नाम सुरक्षित गर्न र एक पटकको नेपाली सधैको लागी भन्ने मुलनारा लिएर स्थापित प्रवासमा बसोवास गर्ने नेपालीहरुको छाता संगठन गैर आवासिय नेपाली संघ, अमेरिकाको सदस्यता लिन र पुराना लाई नविकरण गर्न अभियन्ता सतेन्द्र शाहले हार्दिक आव्हान गरेका छन् ।
एनआरएनएको “स्मार्ट एनआरएनए – Smart NRNA” एप्स आफ्नो एन्ड्रोईड वा आईफोनमा डाउनलोड गरी सदस्यता लिन वा नविकरण गर्न सकिने अभियन्ता शाहले जानकारी दिनु भएको छ ।

अभियन्ता शाह बिगत २ दशक देखी अमेरिकी नेपाली समाजमा उल्लेखनिय योगदान पुर्याएका एक सामाजिक व्यक्तित्व हुन् । जस्ले मधेशी एसोसिएसन ईन अमेरिकाको पुर्ब अध्यक्ष, नेपाल डे परेड, न्युयोर्कको पुर्व कन्भेनर, न्युजर्सीको ईतिहासमा पहिलो पटक सम्पन्न “नेपाल डे ईन फेयर लन, न्युजर्सी २०२५” को कन्भेनर र एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिका र अन्तराष्ट्रिय समन्वय परिषदको बिभिन्न पदमा रही सफलता पुर्वक आफ्नो उत्तरदायित्व पुरा गरिसकेका व्यक्तित्व हुन् शाह ।
एनआरएनएको सदस्यता लिन वा नविकरणको लागी तल राखिएको लिंक मार्फत जानुहोला ।
https://apps.apple.com/us/app/smart-nrna/id1544254635
https://apps.apple.com/us/app/smart-nrna/id1544254635