
कुलमान घिसिंग खाडीमा श्रम गरेर बसेका नेपालीलाई भेट्न जानुहुदै
मकै हाउस मिडिया,
न्युयोर्क । नेपाल बिधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिंग खाडीमा श्रम गरेर बसिरहेका नेपालीको अवस्था बारे जान्न र सामिप्यता अनी आफ्नो अनुभव साटासाट गर्ने उदेश्यले मध्यपुर्बीय राष्ट्रहरु भ्रमण जाने भएको छ ।
कुलमान घिसींगले नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकको पद धारण गरेपछी बिधुत प्राधिकरणलाई अपत्यारिलो मुनाफा आर्जन गर्न र नेपालीहरुको घर घरमा उज्यालोबाट बंचित नहुन लोडसेडिंगको समस्यालाई समाप्त पार्ने नेपालका उज्यालोको पिताको रुपमा पनी मान्छेहरुले लिने गरेका छन् ।

उही घिसिंगले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउदै भ्रमणको लागी निस्कन लागेको राष्ट्र र मितीबारे संक्षिप्तमा लेख्नु भएको फेसबुक स्टाटस् जस्ताको तस्तै यहा राखेको छौ ।
“मध्यपूर्वी देशहरु(GCC )मा रहनुभएका प्रिय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,
विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु । अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ । मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।
तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।
देशले तपाईंहरूलाई सम्झिएको छ — तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ ।
#उज्यालो”