Banner

एनआरएनए न्यूयोर्क च्याप्टरको अध्यक्ष पदमा लक्ष्मी थापाको उम्मेदवारी घोषणा ।

 

मकै हाउस मिडिया, अक्कल तामाङ

न्यूयोर्क, अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) अन्तर्गतको न्यूयोर्क च्याप्टरमा आगामी कार्यकालका लागि नेतृत्व परिवर्तनको चर्चा तीव्र हुँदै जाँदा, वर्तमान समितिकी बोर्ड महिला उपाध्यक्षले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएकी छिन ।

 

थापाले एनआरएनए न्यूयोर्कलाई थप उत्तरदायी, प्रभावकारी र सबै नेपालीलाई समेट्ने संस्थाका रूपमा अगाडि बढाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिन लागेको जानकारी दिएकी हुन्। लामो समयदेखि नेपाली समुदाय, सामाजिक अभियान र संगठन निर्माणमा सक्रिय थापाले अनुभव, प्रतिबद्धता र नेतृत्व क्षमतालाई आफ्नो बलियो पक्षको रूपमा प्रस्तुत गरेकी छिन ।

समावेशी नेतृत्व र संस्थागत सुदृढीकरणमा जोड दिनु हुदै आफ्नो उम्मेदवारी घोषणा गरेको बताइन ।
थापा विगत एक दशकभन्दा बढी समयदेखि न्यूयोर्कमा सामाजिक अभियन्ता, स्वयंसेवक र संस्थागत अभियानीका रूपमा चिनिँदै आएकी छिन ।

उनले शिक्षा, स्वास्थ्य, आपतकालीन सहयोग तथा सांस्कृतिक पहिचान संरक्षण जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छिन । उनले भन्नु भयो “संगठनमा निरन्तरता र रूपान्तरण दुवै आवश्यक छन्। पुराना सकारात्मक अभ्यासको निरन्तरता र नयाँ युगअनुसारको रूपान्तरणमार्फत हामीले NRNA लाई थप प्रभावकारी बनाउनु आवश्यक छ।”

स्वस्थ प्रतिस्पर्धाको अपेक्षा

एनआरएनएको निर्वाचन प्रक्रिया तातिंदै गएका बेला उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धा, साझा उद्देश्य र सहयोगको भावना झल्किनु सकारात्मक संकेत हो। नेपाली डायस्पोरालाई संगठित गर्दै अधिकार, अवसर र सहयोग प्रवाहको माध्यम बनेको एनआरएनएलाई नयाँ नेतृत्वले कस्तो दिशा दिन सक्छ भन्ने प्रतीक्षा सम्पूर्ण सदस्यमा देखिएको छ ।

सम्पर्क:
एनआरएनए न्यूयोर्क च्याप्टर निर्वाचन सम्बन्धी थप जानकारी तथा उम्मेदवारहरूको दृष्टिकोण जान्नका लागि हामी निरन्तर अपडेट दिइरहनेछौ ।

 

Loading...