
सत्यराज पाण्डे (अमित) अध्यक्ष पदको उम्मेदवार, ‘सबैलाई समेट्ने र राजनीतिबाट टाढा राख्ने नेतृत्वको आवश्यकता ।
मकै हाउस मिडिया, अक्क्ल तामाङ
न्यूयोर्क, अमेरिका | गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA) न्यूयोर्क च्याप्टरको आगामी कार्यकाल (२०२५-२०२७) का लागि समाजसेवी तथा नेपाली समुदायमा लामो समयदेखि सक्रिय व्यक्तित्व सत्यराज पाण्डे (अमित पाण्डे) ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
“राजनीतिक हस्तक्षेपको घेराबाट मुक्त एनआरएनए निर्माण गर्न सक्षम, पारदर्शी र सबैलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता छ,” पाण्डेले उम्मेदवारी घोषणामा भने।
उहाँको भनाइमा, हाल एनआरएनएमा अनावश्यक विवाद र राजनीतिक हस्तक्षेपका कारण संस्थाको मूल उद्देश्य कमजोर हुँदै गएको छ। यस्ता अवस्थालाई सुधार गर्न, सबै नेपालीलाई समेट्ने नेतृत्व आवश्यक भएको बताउँदै उहाँले आफैं अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको स्पष्ट गर्नुभयो।

सत्यराजको प्रतिबद्धता:
१• संस्थालाई राजनीतिक प्रभावबाट टाढा राख्ने।
२• पारदर्शी र जवाफदेही नेतृत्व विकास गर्ने।
३• समुदायका सबै वर्गको समावेशी सहभागिता सुनिश्चित गर्ने।
४• एनआरएनएको माध्यमबाट सामाजिक सुधार, आपतकालीन सहयोग र नेपाली पहिचानको संरक्षण गर्ने।
५• सहकार्य, सद्भाव, र सामाजिक उत्तरदायित्व मा आधारित कार्यक्रम संचालन गर्ने।
पाण्डेले स्पष्ट रुपमा सबै समुदायका सदस्यहरूसँग विश्वासका साथ आग्रह गर्दै भन्नुभयो, “अबको नेतृत्व योग्य, सक्षम र सबैलाई समेट्न सक्ने हुनुपर्छ। तपाईहरुको विश्वास र साथले मात्र सशक्त नेतृत्व सम्भव हुन्छ।”
सम्पर्क:
एनआरएनए न्यूयोर्क च्याप्टर निर्वाचन सम्बन्धी थप जानकारी तथा उम्मेदवारहरूको दृष्टिकोण जान्नका लागि हामी निरन्तर अपडेट दिइरहनेछौ ।