Banner

दण्डपानी लामिछाने (बासु) अध्यक्ष पदको उम्मेदवारीको घोषणा , समुदायको एकता, अनुभव र विश्वासको आधारता ।

 

मकै हाउस मिडिया, अक्कल तामाङ

न्युयोर्क, गैरआवासीय नेपाली संघ (NRNA NCC USA) न्युयोर्क च्याप्टरको आगामी कार्यकालको निर्वाचनलाई लिएर नेपाली समुदायमा चासो बढ्दो छ। यही सन्दर्भमा, न्युयोर्क निवासी समाजसेवी, अनुभवी नेतृत्वकर्ता र हालका NRNA न्युयोर्क शाखाका पूर्व सचिव तथा सल्लाहकार दण्डपानी लामिछाने (बासु) ले अध्यक्ष पदको उम्मेदवारीको स्पष्ट संकेत दिनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै भन्नुभएको छ , “निर्वाचन समितिले हालसम्म आधिकारिक मिति वा तालिका घोषणा नगरेको अवस्था छ। समयमै निर्वाचन हुने सम्भावना न्यून देखिएको भए तापनि, समिति बाट मिति घोषणा भएपछि म मेरो टिमसहित अध्यक्ष पदको लागि आधिकारिक उम्मेदवारी घोषणा गर्नेछु।”

उहाँले यस सन्देशमार्फत समुदायका सम्पूर्ण सदस्यहरूलाई विश्वास दिलाउनु भएको छ कि आफ्नो नेतृत्वमा सशक्त, समावेशी र पारदर्शी कार्यशैली सुनिश्चित गरिनेछ। उहाँको भनाइअनुसार, “म तपाईंहरू सम्पूर्ण नेपाली समुदायलाई साक्षी राखेर यो उम्मेदवारी घोषणा गर्न चाहन्छु र तपाईंहरू सबैको पूर्ण साथ र सहयोगको अपेक्षा गर्दछु ।

 

अनुभव र योगदान:

१• दण्डपानी लामिछाने NRNA NCC न्युयोर्क च्याप्टरका निबर्तमान सचिव हुनुहुन्छ।
२• हाल उहाँ संस्थाका सल्लाहकारका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
३• उहाँको लामो समयदेखि नेपाली समुदायमा संगठन निर्माण, कार्यक्रम सञ्चालन र सहयोग अभियानहरूमा अग्रणी भूमिका रहेको छ ।

समुदायप्रतिको प्रतिबद्धता:

उहाँको उम्मेदवारी कुनै आकस्मिक कदम होइन; यो लामो समयदेखि समुदायसँग जोडिएको समर्पणको परिणाम हो। उहाँले सधैं राजनीतिक तटस्थता, नेपाली समुदायको एकता, र पारदर्शी नेतृत्वको पक्षमा आवाज उठाउँदै आउनुभएको छ ।

दण्डपानी लामिछाने (बासु) को उम्मेदवारीले आगामी निर्वाचनमा नयाँ ऊर्जा र एकताको सन्देश दिन सक्छ। जब निर्वाचन समितिबाट औपचारिक तालिका र मिति घोषणा हुनेछ, तब उहाँ आफ्नो टिमसहित विस्तृत एजेन्डा सार्वजनिक गर्दै समुदायलाई अझ नजिकबाट जानकारी दिने तयारीमा हुनुहुन्छ ।

सम्पर्क:
एनआरएनए न्यूयोर्क च्याप्टर निर्वाचन सम्बन्धी थप जानकारी तथा उम्मेदवारहरूको दृष्टिकोण जान्नका लागि हामी निरन्तर अपडेट दिइरहनेछौ ।

 

Loading...