Banner

लुजियानामा अध्ययनरत २ नेपाली बिधार्थीको कार दुर्घटनामा निधन, दुई गम्भिर घाईते

 

मकै हाउस मिडिया, 

न्युयोर्क । लुजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २ नेपाली विद्यार्थीको कार दुर्घटनामा परी निधन भएको छ । भने अन्य २ बिधार्थी घाईते भएको छ ।

हिजो जुलाई १३, राति ९ बजेतिर भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । र अन्य दुई जना घाइतेको अवस्था नाजुक रहेको र नजिकैको स्थानिय अस्पतालमा उपचार भईरहेको लुजियाना टेक बिश्वविधालयले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जनाएको छ । 

 

राजनले चलाइरहेको होण्डा एक्कर्ड कार सडकबाट बाहिर गई रूखमा ठोक्किएपछि आगलागी भएको र दुई जनाको घटनास्थलमै ज्यान गएको र कारमा सवार अन्य दुई जनाको अवस्था गम्भिर रहेको र उपचारको लागि अस्पतालमा भर्ना गरिएको लुजियाना राज्य प्रहरीले जनाएको छ । 

लुइजियाना टेक विश्वविद्यालयले नेपालस्थित नेपाली बिधार्थीको परिवारजनसँग समन्वय गरिरहेको पनी जनाईएको छ । 

लुजियाना राज्य प्रहरीका अनुसार लुजियाना राजमार्ग ८० मा कारमा सवार रहेका बेला भारी बर्षा भएको र भारी बर्षाका कारण दुर्घटना हुदा राजनले चलाएको कार सडकबाट खसेर रुखमा ठोक्किएपछी आगो लाग्दा यादव र ओलीको घटनास्थलमै मृत्यु भएको बताएको छ र उनीहरूले सिटबेल्ट लगाएका थिए कि थिएनन् भन्ने कुरा थाहा नभएको र कारमा सवार अन्य दुई यात्रुलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको जनाएको छ । 

 

लुइसियाना टेक युनिभर्सिटीले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराउदै दुखद प्रकट गरेका छन् । 

 

 

 

Loading...