
जमैका नेपाली समाजको समर कार्यक्रम तथा साधारण सभा एकै दिन हुदै
मकै हाउस मिडिया,
न्यूयोर्क । न्युयोर्क, क्विन्सको ओजन पार्क, साउथ ओजन पार्क, रिचमण्डहिल, साउथ रिचमण्डहिल, क्विन्स भिलेज र जमैका आसपास बसोवास गर्ने नेपालीहरूको छाता संगठन “जमैका नेपाली समाज” को यस बर्षको समर पिकनिक कार्यक्रम तथा साधारण सभा क्वीन्स स्थित फरेस्ट पार्कमा आगामी जुलाई २७,२०२५ आईतबारका दिन गर्ने भएको छ ।
सन् २०२० मा स्थापित यस समाजले हरेक वर्ष समर पिकनिक कार्यक्रमको साथै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।उक्त दिन पिकनिक (बनभोज) कार्यक्रममा स–साना बालवालिका देखी बृद्धबृद्धाहरूसमेतको उपस्थिति रहने र बिभिन्न नेपालीखानाका परिकारहरु र विभिन्न किसीमका खेल, सास्कृतिक कार्यक्रम र नाचगान रहने जमैका नेपाली समाजले बताएको छ ।
उक्त दिन समर पिकनिक सुरुहुन पुर्ब बिहान ९.00 बजे देखि १२.00 बजे सम्म समाजको साधारण सभा तथा अधिबेशन पनि रखिएको छ। अधिबेशनले आगामी २ बर्सका लागि नयॅा कार्यसमिति पनि चयन गर्ने छ । भने दिउसो १२.00 बजे देखि बेलुका ६.00 बजे सम्म समर कार्यक्रम चल्नेछ ।

न्युयोर्क भित्र रहेका अन्य बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूसमेत सहभागी हुने उक़्त पिकनिक कार्यक्रममा २०० जना भन्दाबढ़ी ब्यक्तिहरू परिवारसहित सहभागी हुने अनुमान गरिएको छ । प्रवासभुमीमा नेपालीहरूमाझ एकआपसपसमा समन्व तथा भाईचारा अभिवृद्धि गर्दै आपसी सम्बन्ध र सहयोग सुदृढ गर्ने प्रमुख उद्देश्यले यससंस्थाद्वारा हरेक वर्ष यस किसिमको कार्यक्रम गर्दै आएको छ । न्यूयोर्कको जमैका र आसपासमा दिन प्रतिदिन नेपालीहरूको स्थायी बसोवासमा बृद्धिभैरहेको कारणले पनि पिकनिकमा यसबर्ष बिगत बर्षभन्दा बढ़ी नेपालीहरूको संख्यामा सहभागीता हुने समेत जनाएको छ ।

पिकनिकमा बच्चाहरूको TALENT SHOW एवं बयस्कहरूको डोरी तान्नेलगायतका प्रतिस्पर्धा र अन्य सरप्राइज गेमहरूको आयोजना गरिनुका साथैअन्य मनोरन्जनात्मक कार्यक्रमहरु गरिने छ। यस वर्ष ELEMENTARY, MIDDLE SCHOOL तथा HIGH SCHOOL ग्राजुएट भएका जमैकानेपाली समाजका बच्चाहरूलाई प्रशंशापत्रले पुरस्कृत गरिने छ । भने उक्तपिकनिकमा प्रस्तुत गरिएका बिभिन्न TALENT SHOW मा सहभागी हुने बाल बालिकाहरुलाइ पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिने छ ।