
एनआरएनए एनसिसी अमेरिकाको कुल मतदाता संख्या १०९९४, कुन राज्यमा कती ?
मकै हाउस मिडिया,
न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले २०२५-२७ कार्यकालकालागी बिभिन्न पदका लागी आवेदन खुल्ला संगै अमेरिकाका कुल भोटर संख्या पनी सार्बजनिक गरेको छ ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका २०२५-२७ निर्वाचन आयोग समितीले आफ्नो अफिसियल ईमेल मार्फत जानकारी गराउदै अमेरिकाको नयॅा र नविकरण गरेका सदस्यहरु पुर्ण विवरण सहित गरेर कुल संख्या १०९९४ रहेको सार्बजनिक गरेको छ ।

संयुक्त राज्य अमेरिकाको ५० राज्य मध्ये ४४ राज्यमा रहेका नेपाली अमेरिकनले नयॅा सदस्य र पुरानाले नविकरण गरेका छन् । भने एनआरएनए एनसिसी, अमेरिकाको विधान अनुसार सदस्यता संख्याको आधारमा २३ राज्य मात्र योग्य रहेको च्याप्टर बिस्तारको लागी पनी जनाएको छ ।

कुल मतदाताको संख्यामा कुन राज्यमा कति मतदाता ?
१) अलाबामा ६ जना सदस्य, २) एरिजोनामा ३ जना सदस्य
३) अर्कन्सासमा १ जना सदस्य, ४) क्यालिफोर्निया २१९५ जना सदस्य,
५) कोलोराडो २३० जना सदस्य, ६) कनेक्टिकट ६७ जना सदस्य
७) डेलावर ३ जना सदस्य, ८) फ्लोरिडा २२ जना सदस्य
९) जर्जिया १४७ जना सदस्य, १०) हवाई २ जना सदस्य
११) आईदाहो १६ जना सदस्य, १२) ईलिनोई १८६ जना सदस्य
१३) ईन्डियाना ९ जना सदस्य , १४) आईवा ५६ जना सदस्य
१५) केन्सास ६४ जना सदस्य, १६) केन्टकी ४११ जना सदस्य
१७) लुजियाना ४ जना सदस्य, १८) माईने ३ जना सदस्य
१९) मैरिल्याण्ड १२७० जना सदस्य, २०) म्यासाचुसेट्स ६२४ सदस्य
२१) मिचिगान १७ जना सदस्य, २२) मिन्नेसोटा ७ जना सदस्य
२३) मिसिसिपी ४ जना सदस्य, २४) मिजुरी २२ जना सदस्य
२५) नेब्रास्का ७२ जना सदस्य, २६) नेभाडा २१२ जना सदस्य
२७) न्यूह्याम्सायर २१६ सदस्य, २८) न्युजर्सी १३२ जना सदस्य
२९) न्यू मेक्सिको १२ जना सदस्य, ३०) न्यूयोर्क ११८० सदस्य
३१) नर्थ क्यारोलिना २१३ सदस्य, ३२) ओहायो १७९ सदस्य
३३) ओक्लाहोमा ११ सदस्य, ३४) ओरेगन ३३ सदस्स
३५) पेन्सिलभेनिया ३३३ सदस्य, ३६) र्होड आईल्याण्ड १ सदस्य
३७) साउथ क्यारोलिना ६ सदस्य, ३८) टेन्निसी ९ सदस्य
३९) टेक्सस २१६९ सदस्य, ४०) युटाह ५८ सदस्य
४१) भर्मन्ट ६५ सदस्य, ४२) भर्जिनिया ५९१ सदस्य
४३) वासिंगटन डिसी १७ सदस्य, ४४) विस्कन्सिन ११३ सदस्य ।