
सत्यराज र नबिन अधिकारीको नेतृत्वमा न्युयोर्क च्याप्टरको प्यानलै निर्बिरोध
मकै हाउस मिडिया,
न्युयोर्क । एनआरएनए एनसिसी, अमेरिका, न्युयोर्क च्याप्टरको २०२५-२७ कार्यकालको प्यानलै निर्बिरोध भएको छ ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, अमेरिका, न्युयोर्क च्याप्टरमा सत्य राज पाण्डे अध्यक्ष पदमा र नबिन अधिकारी सचिब पदको नेतृत्वमा प्यानल नै निर्बिरोध बिजयी भएको हो ।
२०२५-२७ कार्यकालको न्युयोर्क च्याप्टरमा प्रथम चरणमा अध्यक्ष पदमा २ प्रतिष्पर्धी थिए, सत्य राज पाण्डेको प्रतिष्पर्धीमा च्याप्टरका निवर्तमान सचिव राजु तामांग थिए । भने उता सचिव पदमा नबिन अधिकारीको प्रतिष्पर्धी अर्जुन उपाध्यायले कडा चुनौती दिएका थिए ।

चुनावी प्रक्रियाको उम्मेदवारी छनौटको अन्तिम समयमा अध्यक्ष पदबाट तामांग र सचिव पदबाट उपाध्यायले आफ्नो उम्मेदवारी फिर्ता लिएपछी अध्यक्ष पदमा पाण्डे र सचिव पदमा अधिकारी सहित प्यानलै निर्बिरोध भएको हो ।
अध्यक्ष पदमा पाण्डे र सचिव पदमा अधिकारी सहित उपाध्यक्ष पदमा जुद्ध बहादुर वली, महिला उपाध्यक्ष पदमा शुष्मा कार्की, कोषाध्यक्ष पदमा गौत्तम ढकाल, महिला सचिव पदमा निशा ढुंगाना र बोर्ड सदस्य पदमा राजेश खत्री निर्बिरोध बिजयी भएको हो ।


आईसिसीले तोकिएको समय अनुसार चुनाव गराउन सक्षम रहेपनी एनआरएनए एनसिसी, अमेरिका भित्र बिवाद बढे पछी अन्यौल पुर्ण अवस्थामा रहेको एनसिसी र च्याप्टर दुई समुहमा बिभाजन भएको हो ।
एउटा समुहले आईसिसीले तोकेकै समयमा चुनावी प्रकृयालाई पछ्याऊदै एनसिसी र च्याप्टरका केहि नेतृत्व पाईसकेकाछन् भने अर्को समुहको चुनाव अगस्टको १६ र १७ मा रहेको छ ।
अब, एनआरएनए एनसिसी, अमेरिका र च्याप्टर एकै हुने होकी २ समुहमा बिभाजन हुने हो , त्यो चाही अगस्ट १६,१७ को चुनाव पछीको परिणामलाई पर्खनु पर्ने हुन्छ ।