Banner

भक्तपुरको बोडेमा झुण्डिएको अवस्थामा दिदी -बहिनी मृत फेला

 

मकै हाउस मिडिया, 

 भक्तपुर । भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत भेटिएको प्रहरीले जनाएको छ । उनीहरु चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्दै आएका थिए ।

उनीहरू आज बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Loading...