
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य पदमा अमेरिकाबाट सात जना निर्विरोध
मकै हाउस मिडिया,
अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष सहितका सम्पूर्ण पदहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।
प्रमुख निर्वाचन आयुक्त अनुप श्रीवास्तवका अनुसार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका बाट अध्यक्ष पदमा विकाश उप्रेति निर्विरोध निर्वाचित हुनुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यका लागि टिकाराज ढकाल, महेशकुमार खड्का, विष्णु राना मगर, ज्ञानेन्द्र गुरुङ, फिलिप क्षेत्री, सत्यनारायण चौधरी, र सोफिन थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका को नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा दीपक सापकोटा, दिवाकर पाण्डे, कुमार तामाङ र थलवीर ओली निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा शान्ति पौडेल र युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल (प्रकाश) निर्वाचित भएका छन् ।
एनआरएनए एनसीसी अमेरिकाको महासचिवमा राम चन्द्र (आरसी) पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना निर्वाचित भएका छन् ।
त्यसैगरी महिला संयोजकमा सावित्रा शिवाकोटी र युवा संयोजकमा आशिष संग्रौला निर्वाचित भएका छन् । आरसीसीहरुमा छिरिङ शेर्पा पूर्वोत्तर, राजु भण्डारी दक्षिण, रिकेश नरसिंह प्रधान मध्यपश्चिम र तेजेन्द्र बराल पश्चिम निर्वाचित भएका छन् ।
यता, बोर्ड अफ डिरेक्टरहरुमा विष्णुमणी आचार्य, कृष्णप्रसाद लामिछाने, मेराजुद्दीन इद्धिसी, मुकेश यादव, निर्भिक शाही, राजकुमार थापा, राजेश अधिकारी र उपेन्द्र राउत निर्वाचित भएका छन् ।
त्यस्तै वुमन बीओडीहरुमा सुनिता केसी, अनु खड्का, पुष्पकला घिमिरे र सुनिता केसी अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अनुप श्रीवास्तवले उल्लेख गरेका छन् ।

निर्वाचन प्रक्रिया अनुसार पेन्सिलभेनिया , टेक्सास र कोलोराडो च्यापटरका केहि पदहरूमा जुलाई २७ -२८ मा निर्वाचन हुने कुरा निर्वाचन कमिटीका सदस्य सचिव रबिन बज्राचार्य ले जानकारी गराए । बाँकी पदहरूमा पनि सहमतिको प्रयास भइरहेकोले थप उम्मेदवारहरू पनि निर्विरोध निर्वाचित हुने सम्भावना रहेको बताइएको छ।
संघीय संरचना र प्रतिनिधिमूलक नेतृत्वको अभ्यासमा विश्वास राख्ने NRNA NCC USA मा पछिल्ला वर्षहरूमा सहमतिको संस्कार बलियो बन्दै गएको देखिन्छ। यसपटक धेरै उम्मेदवारहरू निर्विरोध निर्वाचित हुनुले एकता, सहकार्य र संस्थागत परिपक्वताको सन्देश दिएको छ।

निर्वाचन समितिका अनुसार बाँकी पदहरूको अन्तिम नतिजा र पदाधिकारीहरूको शपथग्रहण कार्यक्रम आगामी जुलाई २८, २०२५ मा गरिनेछ। संघले निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचन प्रक्रिया सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।