Banner

मगर संघ, अमेरिका, न्युयोर्क च्याप्टर द्वारा माननिय सुनिता थापा मगर संगको “मिट एण्ड ग्रिट” न्युयोर्कमा आज

 

मकै हाउस मिडिया, अक्कल तामाङ

अमेरिकामा रहेका मगर समुदायबीच आत्मीयता र एकता प्रवर्द्धन गर्ने उद्देश्यले मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टर (Magar Association USA Inc. NY Chapter) द्वारा आयोजित “Meet & Greet” कार्यक्रम भव्य रूपमा सम्पन्न हुँदैछ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य तथा सामाजिक अभियान्ता माननीय सुनिता थापा मगरको सम्मानमा विशेष भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो। न्युयोर्कको समयअनुसार सोमबार हुने यो कार्यक्रम न्यूयोर्कको 69-08 Woodside Ave, 2nd Floor, NY 11377 स्थित मगर संघ अमेरिकाको कार्यालयमा साँझ 7:00 बजे बाट सुरु हुनेछ।

कार्यक्रमको मुख्य उद्देश्य अमेरिकामा बसोबास गरिरहेका मगर समुदायका सदस्यहरूसँग प्रत्यक्ष संवाद, अनुभव आदानप्रदान र गण्डकी प्रदेशको सामाजिक, शैक्षिक तथा राजनीतिक अवस्थाबारे जानकारी आदानप्रदान गर्नु हो। साथै, अमेरिका र नेपालबीच मगर समुदायको सांस्कृतिक पुल निर्माणमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ।

कार्यक्रमको मूल नारामा भनिएको छ ,
“जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभूमिलाई।
जोगाई राखौं युगौं युग, हाम्रो मौलिक कला र संस्कृतिलाई।”

माननीय सुनिता थापा मगर मगर समुदायको उदीयमान नेतृत्वका प्रतीक मात्र नभई समावेशी राजनीति र सामाजिक विकासको उदाहरण पनि हुन्। उनी स्याङ्जा जिल्लास्थित चापाकोट नगरपालिकाकी स्थायी बासिन्दा हुन् र ‘सुस्केरा फाउन्डेसन’की संस्थापक पनि हुन्।

कार्यक्रममा मगर समुदायका प्रतिनिधिहरू, नेपाली समाजका अगुवा व्यक्तित्वहरू, सामाजिक अभियान्ता र न्युयोर्क निवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ ।

सम्पर्क:
Magar Association USA, NY Chapter
Venue: 69-08 Woodside Ave, 2nd FL, NY 11377
समय: July 28, 2025 | साँझ 7:00 बजेबाट शुरु

 

Loading...