
वर्तमान समस्याको समाधानको पहलको लागि मैले उम्मेदवारी दिएको हु : मोहन वाईबा, उपाध्यक्ष पदको प्रत्यासी, एनसिसी अमेरिका २०२५-२७
मकै हाउस मिडिया,
न्युयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए, एनसीसी ) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको २०२५-२७ कार्यकालका लागी खेलाडी/प्रशिक्षक तथा सामाजिक अभियन्ता मन मोहन वाईबाले उपाध्यक्ष पदमा उम्मेदवारी दावी गरेका छन् ।
संस्थामा पारदर्शिता र जबाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा सञ्चालन गराउने उद्देश्यले सन् (२०२५-२०२७) को लागि एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको वाईबाले बताएका छन् ।

तामांग सोसाईटी अफ नर्थ अमेरिकाको अध्यक्ष समेत रहेका वाईबाले बिगत लामो समय देखि अमेरिकी नेपाली डायस्पोरामा उल्लेख्य योगदान पुर्याएका छन् ।
वाईबाले भने-‘सबैको साझा प्रयासबाट एनआरएनएलाई अझ उत्तरदायी, समावेशी र प्रभावकारी संस्था बनाउन सकिन्छ भन्ने विश्वासका साथ अमेरिकामा हालको वर्तमान समस्याको समाधानको पहलको लागि पनि मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हो ।’

आफ्नो सोसाईटीको माध्ययमबाट अमेरिकामा बिधार्थी भिषा आएका तामाङ विद्यार्थीलाई वाइबाको नेतृत्वमा संस्थागत तथा व्यक्तिगत तवरबाट महत्वपूर्ण सहयोग गर्दै आईरहेका छन् ।
एनआरएनए केन्द्रका साथै एनसिसी अमेरिकालाई पनि एकताबद्ध बनाउन आफूले सक्दो पहल गर्ने उनले बताए। नेपाली सेनाका पूर्व मेजर वाइबा एनआरएनए एनसिसी, अमेरिकाको खेलकुद संयोजकको रुपमा २ कार्यकाल समेता काम गरिसकेका एक अनुभबी र दक्ष उम्मेदवार हुन् । जस्ले यु नेपाल स्पोर्ट्स एण्ड कल्चर डेभलपमेन्टमा अध्यक्षको भुमिका निर्वाहको समेत अनुभव छ ।

समाबेशिता, निरन्तरता, भेरीफिकेशन भोट र युबा नेत्रित्व
आवश्यकता भन्ने मुल नराको साथ अध्यक्ष पदका प्रत्यासी सतेन्द्र शाहको टिमलाई साथ लिएर एनआरएनसिसी, अमेरिका २०२५-२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
वाईबाले आगामी अगस्ट १६-१७ हुने एनआरएनए एनसीसी अमेरिकाको चुनावमा भोट दिई उपाध्यक्ष पदमा विजयी बनाउन अमेरिकाबासी नेपाली सबै पञ्जीकृत सदस्यहरूलाई आग्रह समेत गरेका छन्।