
मिस नेपाल नर्थ अमेरिका २०२५, बन्द शिविरको आज चौथो दिन, अभिनेता प्रदिप खड्का संग बिशेष अन्तरकृया
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२५ को ५ दिने बन्द शिविरको आज चौथो दिन, तेस्रो दिन अभिनेता प्रदिप खड्का संगको बिशेष अन्तरकृया सम्पन्न भएको छ ।
आगामी अगस्ट २, शनिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा हुने मिस नेपाल नर्थ अमेरिका २०२५ का ग्राण्ड फिनालेको तयारीको निमित्त अहिले बाल्टिमोरमा ५ दिन बन्द शिविर (क्लोज क्याम्प) चलिरहेको छ ।

वन्द शिविरमा मिस नेपाल २०११ सदिक्षा श्रेष्ठले प्रतिष्पर्धीहरुलाई प्रशिक्षण गराईरहेकी छिन् । ५ दिने वन्द शिविरको तेस्रो दिन बहु चर्चित अभिनेता प्रदिप खड्काले आफ्ना अभिनय यात्रा बारे अनुभब सुनाउनुको साथै प्रतिष्पर्धीहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै बिशेषरुपमा अन्तरकृया सम्पन्न भएको थियो ।

अमेरिकाको बिभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै १९ सुन्दरीले यस् प्रतिष्पर्धामा भाग लिएका छन् ।
