
‘संस्था अब व्यक्ति होइन, समुदाय केन्द्रित हुनुपर्छ’: रामहरी अधिकारी, अध्यक्ष पदको प्रत्यासी, एनआरएनए एनसिसी अमेरिका
मकै हाउस मिडिया, अक्कल तामाङ
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा हालका महासचिव रामहरि अधिकारीले २०२५-२७ कार्यकालका लागी अध्यक्ष पदमा रूपमा उम्मेदवारी दिंएका छन् ।
गैर आवासिय नेपाली, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका बर्तमान महासचिव र विगतमा न्युयोर्क च्याप्टरको सचिव र अध्यक्षको भूमिका निर्वाह गरिसकेका अधिकारी एनआरएनए अमेरिकामा सशक्त, अनुशासित र समावेशी नेतृत्वको पहिचानको रूपम चिनिन्छ ।

“म गुटको होइन, समुदायको पक्षमा छु” अधिकारी ।
उम्मेदवारी घोषणा कार्यक्रममा रामहरि अधिकारीले आफ्नो अभियान गुटबन्दीमुक्त, पारदर्शी र सबल संस्थाको निर्माणमा केन्द्रित रहने बताएका छन्। उनले खुलेर भने, “म कुनै गुटको होइन। म संस्थालाई अझ पारदर्शी, उत्तरदायी, र समावेशी बनाउन आएको हुँ। एनआरएनएलाई व्यक्तिको वरिपरि होइन, समुदायको केन्द्रमा राखेर अगाडि बढाउनु पर्छ।”

अधिकारीले गैरआवासीय नेपाली समाजभित्र गहिरिँदै गएको गुट–उपगुट, गुनासो र विमुखताको कारण संस्था कमजोर बन्दै गएको उल्लेख गर्दै, अब परिणाममुखी र समन्वयकारी नेतृत्वको आवश्यकता छ भने ।
उनको नेतृत्वको तीन मुख्य एजेन्डा यस प्रकार छन्:
१. संस्थागत सुधार र एकता
एनआरएनए अमेरिकाको आन्तरिक संरचना अझ स्पष्ट, उत्तरदायी र पारदर्शी बनाउने योजना। सबै राज्य, च्याप्टर र सदस्यहरूबीच विश्वास, समन्वय र सहभागिता बढाउने।
२. प्रवासी नेपालीहरूका लागि कार्यक्रममुखी अभियान
अमेरिकामा रहेका नेपालीहरूका लागि व्यवसायिक तालिम, आपतकालीन सहायता, बीमा सहयोग, वृद्ध सहायता, शैक्षिक अवसरहरू जस्ता प्रत्यक्ष लाभदायी कार्यक्रम सञ्चालन गर्ने।
३. नेपालसँगको सम्बन्ध र नीति सम्वाद
गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता, दोहोरो करको अन्त्य, लगानीको प्रवाह, तथा नेपाल-अमेरिका सम्बन्धलाई संस्थागत तहमा सुदृढ बनाउने। उनले यस्ता विषयहरूलाई अमेरिकी राजनीतिज्ञहरूसँग संवाद गरी अगाडि बढाउने बताए ।
संघको सबभन्दा ठूलो चुनौति पारदर्शिता र गुटबन्दी ।
रामहरि अधिकारीका अनुसार एनआरएनएमा अहिलेसम्म नतिजा भन्दा पनि पदको भागबन्डा बढी देखिएको छ। उनले भने, “संस्थाले अब भागदौडको नेतृत्व होइन, परिणाम दिन सक्ने नेतृत्व रोज्नुपर्छ” उनले गुटभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै, “संस्थामा अब सबैलाई समान अवसर र सम्मान मिल्नुपर्छ,” भने।

सबल नेतृत्वको आह्वान ।
कार्यक्रमको अन्त्यमा अधिकारीले सबै प्रवासी नेपालीहरूलाई आफ्नो अभियानमा साथ दिन अपील गर्दै भने:
“सशक्त एनआरएनए बनाउन हामी सबैले मिलेर नेतृत्व रोज्नुपर्छ, जो परिणाम दिन सकोस्, नतिजा देखाउन सकोस्, र समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरोस”
रामहरि अधिकारीको उम्मेदवारीले एनआरएनए अमेरिकाको नेतृत्वमा एक संयमित, अनुभवी र कार्यक्रममुखी व्यक्तित्वलाई अघि ल्याउने संकेत दिएको छ।
उनको “गुटमुक्त नेतृत्व” र “कार्यक्रमद्वारा प्रत्यक्ष प्रभाव” दिने प्रतिबद्धताले धेरैलाई आकर्षित गर्न सक्छ। तर त्यो प्रतिबद्धता कार्यन्वयनमा कसरी रुपान्तरण हुन्छ, त्यसले उनको उम्मेदवारीको सफलता वा असफलताको आधार तय गर्नेछ।
यदि संस्थाले सुधारको बाटो रोज्ने हो भने, परिणाममुखी नेतृत्व अब अपरिहार्य बनिसकेक छ ।