
मगर संघ अमेरिका केन्द्रिय समितिको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा दिप सागर बुढा मगर चयन
मकै हाउस मिडिया, अक्कल तामाङ
“जहाँ रहे पनि जहाँ बसे पनि नभुलौं हाम्रो मातृभूमीलाई, जोगाई राखौं युगौं–युग हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई” — यही भावनाले भरिएको ऐतिहासिक सन्देशका साथ मगर संघ अमेरिका केन्द्रिय समितिको १०औं राष्ट्रिय महाधिवेशन अमेरिकी सहर बाल्टिमोर (Baltimore, Maryland) मा भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ।

महाधिवेशनले मगर समुदायको संगठनात्मक सशक्तीकरण, भाषा–संस्कृति संरक्षण र अन्तरपुस्तीय एकताको दिशामा एउटा महत्वपूर्ण कदम चालेको छ ।
दीपसागर बुढा मगरको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन महाधिवेशनबाट दीपसागर बुढा मगरको अध्यक्षतामा पूर्ण कार्यकारिणी समिति निर्विरोध रूपमा चयन भएको छ। निर्वाचित नेतृत्वप्रति देश–विदेशमा रहेका मगर समुदायको अभूतपूर्व समर्थनले एकताको सन्देश दिएको छ ।

नयाँ कार्यकारिणी समिति (२०२५–२०२७) पद, नाम
अध्यक्ष दिप सागर बुढा मगर, वरिष्ठ उपाध्यक्ष भुवन सिंह आले मगर, उपाध्यक्ष (पूर्व) चेतन बुढा मगर
उपाध्यक्ष (मध्य) जय बहादुर राना मगर, उपाध्यक्ष (पश्चिम), कृष्ण कुमार थापा मगर, उपाध्यक्ष (भाषिक) राजेन्द्र बुढा मगर, उपाध्यक्ष (महिला) कल्पना पुन मगर, महासचिव, केश पुन मगर सचिव दिपेन्द्र आले मगर, सचिव कमल सारु मगर, कोषाध्यक्ष याम कुमारी थापा मगर, सह-कोषाध्यक्ष सिता चोचाङ्गी थापा मगर, सदस्य प्रेम राना मगर, कमला थापा शारू मगर, किसमलाल थापा मगर, खिम रोका मगर, कौडा बुढा मगर, पदम राना मगर, रञ्जना पुन मगर ।
