
संचारकर्मी मोहराज शर्मा र बक्सिंग खेलाडी रणबहादुर साउद सहित जिपीके फाउन्डेशन अमेरीकाको कार्यालयमा विशेष भेटघाट सम्पन्न
मकै हाउस मिडिया,
न्युयोर्क। गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड न्युयोर्कमा आज बिभिन्न व्यक्तित्व सँग भेटघाट एवं समसामयिक विषयहरुमा छलफल भएको छ ।
एपी-१ टिभीका समाचारबाचक एवं कार्यक्रम प्रस्तोता मोहराज शर्मा, अन्तर्राष्ट्रीय बक्सिंग खेलाडी रणबहादुर साउद एवं समाजसेवी विजय डंगोललाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाई कार्यालयमा स्वागत गर्नुभएको थियो।

पत्रकारीतामा २ दशक विताउनुभएका पत्रकार शर्माले फाउन्डेशन अमेरीका च्याप्टरले मानवीय सहायता एवं समाजसेवामा पुर्याएको योगदान आफुले संचारमाध्यमबाटै नेपालमा थाहापाएको र फाउन्डेशनको गतिबिधीबाट प्रभावित भएको कुरामा जोड दिनुभयो।यस्तै बक्सर रणबहादुर साउदले फाउण्डेशनको सत्कर्मको प्रशंसा गर्दै आफुले नेपाल र युरोपमा समेत खेलकुद क्षेत्रबाट नेपाल चिनाउन लागीपरेको बताउनुभयो।


यसैगरी समाजसेवी एवं नेपाली कांग्रेसका राजनैतिक चिन्तक विजय डंगोलले फाउन्डेशनले गरेको समाजसेवाको आफुले उच्च मुल्यांकन गरेको र अमेरीकी नेपाली समाजमा स्थापित नाम भएको बताउनुभयो।

फाउन्डेशनका अध्यक्ष्य घिमीरेले कोरोनाकहरदेखी आजसम्म निरन्तर फाउन्डेशन समाजसेवामा लागीपरेको,विद्यार्थी,न्यून आयभएका जोकोहीलाई खाद्यान्न वितरणदेखी आप्रवासीका कानुनी समस्या लगायतमा सहजीकरण गर्न फाउन्डेशन अमेरीका हरदम लागीररहेको कुरामा जोड दिनुभयो।
फाउण्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले नेपालमा भविष्यमा दिर्घकालीन सहयोगको क्षेत्रमा फाउन्डेशनले दातृनिकायसँग पहल गर्ने विशेष योजना रहेको बताउनुभयो।
केन्द्रीय सदस्य सुर्य सिंखडाले फाउण्डेशन सबैको दुखसुखको साथी बनेको कुरामा जोड दिँदै नेपाल र अमेरीकी समाज जोड्ने पुलकों रुपमा फाउन्डेशनले काम गरेको बताउनुभयो ।यसैगरी केन्द्रीय सदस्य ध्रुव कुँवर क्षेत्रीले सबै प्रवासी नेपालीहरुको हकहीतमा फाउन्डेशनले वृहत सोचकासाथ विनाभेदभाव सामाजिक कार्यमा हातेमालो गरेर अगाडी बढीरहेको बताउनुभयो ।