
मा. ज्ञानेन्द्र शाही संग ‘मिट एण्ड ग्रिट’ तथा अन्तर्क्रिया कार्यक्रम शनिबार न्युयोर्कमा
मकै हाउस मिडिया,
न्युयोर्क । राप्रपा नेपालका प्रवक्ता तथा सांसद माननिय ज्ञानेन्द्र शाही संगको “मिट एण्ड ग्रिट” तथा अन्तर्क्रिया कार्यक्रम न्युयोर्कमा हुने भएको छ ।

आगामी अगस्ट ९,२०२५ शनिवार सॅाझ न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको सभाहलमा हिमानी ट्रष्ट अमेरिका, न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा राप्रपा नेपालका प्रवक्ता, सांसद तथा प्रभावशाली युवा नेता ज्ञानेन्द्र शाही संगको बिशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।

अन्य जानकारीको लागी तल राखिएको फ्लायरमा दिइएको सम्पर्क ब्यक्तीलाई सम्पर्क गर्नुहोला ।
