Banner

न्युयोर्ककी समाजसेवी तथा सफल व्यवसायी बिमला हमाल श्रेस्ठको बहुआयामिक यात्रा ।

मकै हाउस मिडिया, अक्कल तामाङ

व्यवसायिक र सामाजिक दुवै क्षेत्रमा समान रूपमा सक्रिय व्यक्तित्वको रूपमा परिचित बिमला हमाल श्रेष्ठ हाल नेपाली समुदायभित्र प्रेरणादायी नाम बनेकी छिन्। सफल व्यवसायीको रूपमा आफ्नो पहिचान स्थापित गरिसकेकी बिमला समाजसेवामा पनि उत्तिकै समर्पित छिन ।

विभिन्न समुदायका कार्यक्रममा हातेमालो गर्दै, सहयोग र सहकार्यको भावना बोकेकी बिमलाले न्यूयोर्कमा नेपाली कला, संस्कृति र परम्पराको जगेर्नामा महत्वपूर्ण योगदान दिँदै आएकी छिन्। उनी नेपाली समाजका हरेक सांस्कृतिक गतिविधिमा उपस्थिति जनाउने मात्र होइन, त्यसलाई अझै मजबुत बनाउन समय, श्रम र स्रोतको लगानी गर्न पछि पर्दिनन् ।

संस्कृति र कलाप्रतिको उनको मायाको अर्को उदाहरण हालै सार्वजनिक भएको तीज गीत हो, जुन उनले आफ्नै स्वरमा रेकर्ड गराई बजारमा ल्याएकी छिन् । गीतमार्फत उनले नेपाली महिलाको भावनालाई संगीतमा उतार्ने मात्र होइन, प्रवासमा बसोबास गर्ने नेपालीहरूको मनमा स्वदेशको तीजको उल्लास भर्ने प्रयास गरेकी छिन ।

व्यवसाय, समाजसेवा र कला तीनै क्षेत्रमा समान ऊर्जा र प्रतिबद्धताका साथ अघि बढिरहेकी बिमला हमाल नेपाली समुदायका लागि एक प्रेरणादायी उदाहरण हुन्। उनका आगामी परियोजनाहरूले पनि समुदायलाई अझै बलियो बनाउनेमा कुनै शंका छैन।

 

Loading...