Banner

फिप्नाको आयोजनामा ३१औँ विश्व आदिवासी दिवस न्यूयोर्कमा भव्य रुपमा सम्पन्न ।

 

मकै हाउस मिडिया, अक्कल तामाङ

फेडेरेसन अफ इन्डिजिनस पीपल्स अफ नेपाल इन अमेरिका (FIPNA) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा ३१औँ विश्व आदिवासी दिवस (31st International Day of the World’s Indigenous Peoples) यस वर्ष विशेष भव्यताका साथ मनाइएको छ।

फिप्ना अध्यक्ष तोरण गुरुङको सभापतित्व, महावाणिज्यदुत दधिराम भण्डारीको प्रमुख आतिथ्यता र कार्यक्रमको बिशेष अतिथिमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’ अभियानका संस्थापक कुलमान घिसिङ र फिप्नाका सदस्य संस्थाका पदिधिकारी र स्थानिय सरकारका प्रतिनिधीहरुको उपस्थितीमा औपचारिक कार्यक्रम सुरु भएको थियो । 

“आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार: खाद्य सुरक्षा र सर्वभौमिकताको बाटो” भन्ने मुल नाराका साथ आयोजना गरिएको यो दिवसले प्रवासी भूमिमा रहेका आदिवासी समुदायको पहिचान, हकअधिकार र सांस्कृतिक समृद्धिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमका मुख्य उद्देश्यहरु ।निम्न रहेको थियो ।

१ .प्रवासी भूमिमा आदिवासी समुदायको हक अधिकार सुनिश्चित गर्ने बहस अघि बढाउने ।
२. मौलिक भाषा, लिपि, संस्कृति, नाचगान र पोशाकलाई विश्वसामु उजागर गर्ने ।
३. नयाँ पुस्तामा मौलिक पहिचानप्रतिको चेतना अभिवृद्धि गर्ने ।
४. विभिन्न जातीय समूहबीच सहअस्तित्व, सद्भाव र सहयोगको भावना प्रवर्द्धन गर्ने ।

यस अवसरमा FIPNA ले अमेरिका भरिका सम्पूर्ण आदिवासी जनजातिका सदस्यहरूलाई आफ्नो मौलिकता र अस्तित्वलाई एकजुट रूपमा देखाउन उपस्थित हुन आह्वान गरेका थिए । जस अनुसार कार्यक्रममा सहभागीहरू आफ्ना जातीय भेषभूषा, झाँकी, बाजागाजा र व्यानरसहित र्यालीमा सहभागि भएका थिए ।

प्रमुख अतिथिले परम्परागत पानसमा बत्ती बालेर उद्घाटन गरिएको यस कार्यक्रममा विविध सांस्कृतिक नृत्य, कला प्रदर्शन र संगीत प्रस्तुत गरिएको थियो । सहभागीहरुले आफ्नो पहिचान झल्काउने पोशाक तथा सामग्री लिएर आएका थिए ।

आयोजकका अनुसार, यो दिवस न्यूयोर्कका मात्र होइन, अमेरिकाभरका आदिवासी समुदायको सांस्कृतिक उत्सव, ऐक्यबद्धता र अधिकारको आवाजलाई नयाँ उचाइमा पु-याउने ऐतिहासिक अवसर बन्नेछ ।

फिप्ना क्षेत्रीय उपाध्यक्ष पुर्ण बहादुर पाईजा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रमको उद्घोषण मच्छे गुरुंगले गरेका थिए भने उक्त कार्यक्रममा नेपाल मात्र नभई अन्य देशका आदिवासीहरुको समेत सहभागिता र प्रस्तुती रहेको थियो । भने फिप्ना महासचिव दिपक चौधरीले मार्ग स्विकृती, स्थानिय सरकारका प्रतिनिधी संगको समन्वय र कार्यक्रम ब्यवस्थापन संयोजनमा बिशेष भुमिका खेलेका थिए । 

परेड पछि सुरुवात भएको औपचारिक कार्यक्रममा न्युयोर्कमा रहि समुदाय केन्द्रित पत्रकारिता मार्फत समुदायलाई पुर्याएको योगदानको कदर गर्दै बिगत १ दशक देखि न्युयोर्कमा (मकै हाउस अनलाईन टिभी, मकै हाउस न्यूज.कम) मकै हाउस मिडिया संचालनमा रहेको मिडिया हाउसका संस्थापक, संचारकर्मि तथा न्युयोर्कमा ५०० भन्दा बढी ईभेन्ट होस्ट गरिसकेका खडग ब. पुलामी (बिक्की), बिगत एक बर्ष देखि संचालनमा आएको एनवाईसिनेपाल न्यूज.कमका संपादक  मच्छे देवी गुरुंग र लिम्वु चलचित्र क्षेत्रमा सक्रिय फिल्मकर्मी दल प्रसाद लिङदेनलाई बिशेष एप्रिसिएशन अवार्ड द्वारा सम्मान गरेको थियो ।

Loading...