
“अब गाउछ न्यूयोर्क”को तयारी तिब्र गतिमा, समयमा नै टिकट लिन आग्रह
मकै हाउस मिडिया,
न्यूयोर्क । अगस्ट १६ – नेपाली लोक तथा आधुनिक गीत–संगीतका चर्चित कलाकारहरूको सहभागितामा “अब गाउछ अमेरिका” सांगीतिक भ्रमण तथा सांस्कृतिक कार्यक्रम न्युयोर्कबाट सुरु हुने भएको हो ।
नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यो ऐतिहासिक यात्रा FLY NEPA TRAVEL को आयोजनामा सम्पन्न हुँदैछ।

यस सांगीतिक यात्राको पहिलो प्रस्तुति न्यूयोर्कस्थित Gulshan Terrace (39-15 29th Ave, Woodside, NY 11377) मा आगामी अगस्ट १६, २०२५ का दिन राति ८ बजेदेखि बिहान २ बजेसम्म हुनेछ।

कार्यक्रममा नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका कलाकारहरूको विशेष प्रस्तुति रहनेछः
• 🎙️ वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी
• 🎙️ चर्चित गायक प्रताप दास
• 🎙️ चर्चित गायिका एलिना चौहान
• 🎙️ लोक तथा दोहोरी गायिका कला लम्साल
लाइभ म्युजिक र डीजे सत्रले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनेछ।


कार्यक्रम संयोजक निशा सुनारले सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै यस कार्यक्रमले नेपाली समुदायमा सांगीतिक चेतना फैलाउने र मौलिक संगीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
अर्की कार्यक्रम संयोजक सँगीता थापा मगरले पनि सबैलाई यो ऐतिहासिक अवसरमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरिन्।
कार्यक्रमकै संयोजक बिमल डाँगीले भने प्रचार–प्रसार व्यापक भइसकेको र समुदायको उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताए।
यस कार्यक्रमको मुख्य प्रायोजक नेपाली भान्साघर रहेको छ भने अन्य धेरै संस्थाहरूले सह–प्रायोजन गरेका छन्।
कार्यक्रमका मिडिया पार्टनर खसोखास र मकै हाउस रहेका छन्।
आयोजकहरूले यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आग्रह गरेका छन्।
📞 सम्पर्क:
(646) 693-9501 | (929) 462-7094 | (917) 415-2358 | (646) 750-2958