Banner

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन सम्पन्न : कसले कत्ति मत पाए ?

 

मकै हाउस मिडिया, अक्कल तामाङ

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC-USA) को 2025–2027 कार्यकालका लागि भएको निर्वाचन सम्पन्न भएको छ। यसपटकको निर्वाचनमा कुल 13,175 मतदाता सदस्य मध्ये 8,303 (63.02%) ले मतदान गरेका थिए।

अध्यक्षमा सतेन्द्र शाह

अध्यक्ष पदमा सतेन्द्र शाह विजयी भएका छन्। शाहले 3,228 मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भानु खरेलले 2,506 मत प्राप्त गरे।

वरिष्ठ उपाध्यक्ष

वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पहारी विजयी भए। उनले 3,388 मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डा. पर्सुराम दाहालले 2,839 मत पाए।

उपाध्यक्षहरू

चार उपाध्यक्ष पदमा क्रमश :

प्रदिप चौलागाईं – 2,882 मत
डा. गङगाधर आचार्य – 2,858 मत
आङ छिरिङ शेर्पा – 2,794 मत
सुरेन्द्र लौडरी – 2,688 मत

महिला उपाध्यक्ष

महिला उपाध्यक्षमा सुनिता खत्री निर्वाचित भइन्। उनले 3,403 मत ल्याउँदै विजय सुनिश्चित गरिन्।

युवा उपाध्यक्ष

युवा उपाध्यक्षमा विजय वाइबा निर्वाचित भए। उनले 2,823 मत ल्याए।

महासचिव

महासचिवमा मोहन न्यौपाने विजयी भए। उनले 4,013 मत ल्याए।

सचिव (खुल्ला)

खुला सचिव पदमा सुर्य बास्तकोटी निर्वाचित भए। उनले 2,623 मत प्राप्त गरे।

कोषाध्यक्ष

कोषाध्यक्ष पदमा रविन्द्र उप्रेति विजयी भए। उनले 3,946 मत ल्याए।

युवा संयोजक

युवा संयोजकमा सन्सार चौलागाईं निर्वाचित भए। उनले 3,971 मत ल्याए।

महिला संयोजक

महिला संयोजक पदमा करीना कुँवर निर्वाचित भइन्। उनले 4,368 मत ल्याउँदै सबैभन्दा बढी मत ल्याउने नेतृ बन्न सफल भइन्।

सदस्यहरू

सदस्य पदमा विजयी हुनेहरू:

सन्तोष लाम्साल – 4,396 मत
माधव गौतम – 4,141 मत
बाबुराम काफ्ले – 3,761 मत
धुर्ब गौतम – 3,721 मत
राजु शाह – 3,546 मत
इन्द्र कान्त चौधरी – 3,392 मत
ॐ विश्वकर्मा – 3,309 मत
हेम थुकुलिया – 3,231 मत

यस निर्वाचनमार्फत एनआरएनए एनसीसी अमेरिकाले नयाँ नेतृत्व चयन गरेको छ। विजयी पदाधिकारीहरूले आगामी दुई वर्ष एनआरएनए अमेरिकाको गतिविधि, नीति तथा कार्यक्रमलाई अघि बढाउने जिम्मेवारी पाउनु भएकोमा हाम्रो पनि शुभकामना

 

Loading...