
दुई दिनसम्म न्यूयोर्क शहरका समुन्द्रमा पौडी खेल्न निषेध ।
मकै हाउस मिडिया, बिर घर्ती मगर
न्यूयोर्क । न्यूयोर्क शहरमा रहेका समुद्र तटहरूमा समुन्द्री आँधी आउने उच्च जोखिमका कारण आज बुधबार, अगस्ट २० र भोलि बिहीबार, अगस्ट २१ मा सार्वजनिक पौडी खेल्न बन्द गरिएको छ ।
सार्वजनिक हितका लागि सूचना जारी गर्दै (NHC) एनएचसीको अनुसार मेयर एरिक एडम्सले आँधी एरिनसँग सम्बन्धित खतरनाक अवस्थाका कारण आजदेखी बुधबार र बिहीबार शहरका सबै समुद्र तटहरू बन्द रहने घोषणा गरेका छन्।

पूर्वी समुद्री तटको नजिक सर्दै गरेको विशाल आँधी हाल उत्तरी क्यारोलिनाको तट भन्दा बाहिर हुदा जसले उत्तरी क्यारोलिनाको ब्यारियर टापुहरूको बालुवाको ढिस्कोमा २० फिट वा सोभन्दा बढी अग्ला छालहरू सिर्जना गर्दछ र सो आँधीले सिर्जना गरेको खतरनाक अवस्थाको परिणाम स्वरूप रकवे बीच र फोर्ट टिल्डेन जस्ता क्वीन्स सहित सबै शहरका समुद्री तटहरू बुधबार र बिहीबार पौडी खेल्नको लागि बन्द गरिएको हुदा यी चेतावनीहरूलाई ध्यान दिन र पानीमा प्रवेश गरेर आफ्नो ज्यान जोखिममा नपार्न आग्रह गर्दै अहिले नै सावधानी अपनाउन मेयर एडम्स र पार्क कमिश्नर आइरिस रोड्रिगेज-रोजाले न्युयोर्क बासीहरूलाई आग्रह गरेका छन ।
