Banner

न्युयोर्कमा “कम्युनिटी लिडर एप्रिसिएसन डे” मनाइने

 

 

मकै हाउस मिडिया, सविन चन्द ठकुरी

न्युयोर्क । नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एसोशिएसनले आउँदो बुधवार, अगस्ट २७, २०२५ का दिन “कम्युनिटी लिडर एप्रिसिएसन डे” भव्य रुपमा मनाउने भएको छ।

संस्थाका अध्यक्ष सोनम घिसिङ लामाका अनुसार, उक्त कार्यक्रम दिउँसो १२:०० बजे क्विन्स, लङ आईल्यान्ड सिटीस्थित ४१०९, ३६ स्ट्रिटमा रहेको IDG कार्यालयमा आयोजना हुनेछ। कार्यक्रममा न्युयोर्क, न्यूजर्सी, कनेक्टिकट र आसपासका क्षेत्रमा लामो समयदेखि समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कार्यउन्मुख (Action-Oriented) अभियन्ताहरूलाई “कम्युनिटी लिडर एप्रिसिएसन अवार्ड” द्वारा सम्मान गरिनेछ।

यस अवसरमा न्युयोर्क प्रहरी विभाग (NYPD) का अधिकारीहरू, अमेरिकी सेनाका अधिकारीहरू, न्यूयोर्क सिटी फायर डिपार्टमेन्ट (FDNY) का प्रतिनिधिहरू, स्थानीय सरकारी निकायका पदाधिकारी तथा समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

अध्यक्ष घिसिङले संस्थाको उद्देश्यबारे जानकारी दिंदै भने, “नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एसोशिएसनले समुदाय र सुरक्षा निकायबीच पुलको भूमिकामा कार्य गर्दै आएको छ। यस किसिमका कार्यक्रमहरूले समुदाय र प्रशासनबीच आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत गर्नेछन्।”

 

Loading...