
न्यूयोर्कमा धुमधामका साथ गौरा पर्व मनाउने तयारी – सुदूरपश्चिम समाज अमेरिका ।


मकै हाउस मिडिया, अक्कल तामाङ
सुदूरपश्चिम समाज अमेरिकाको आयोजनामा अमेरिकाको न्यूयोर्कमा यहि आउँदो अगस्ट ३०,२०२५, का दिन गौरा पर्व २०८२ (2025) भव्य रुपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिमी संस्कृतिलाई अमेरिकामा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल सरकारका महावाणिज्यदूत श्री दधिराम भण्डारी उपस्थित हुनेछन् भने, सुदूरपश्चिमका चर्चित देउडा गायक श्री नन्द कृष्ण जोशी विशेष अतिथिको रुपमा सहभागी हुने आयोजकले बताएका छन्।

समुदायको पहिचान र सांस्कृतिक समृद्धिको संरक्षण गर्न उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको यस कार्यक्रमलाइ आकर्षक बनाउन समाजले निम्न कार्यहरु गर्ने तालिका सार्वजनिक गरेको छ ।
१ सुदूरपश्चिमी परम्परागत बाजा दाइना दमाउको नाच सहित गौर प्रदर्शन ।
२ महिलाहरुद्वारा अठेवाली वाचन ।
३ गौरादेवी र महेश्वर लाइ नचाउने , वाली खेलाउने ।
४ विरुडा सहित फल फड्काउने र प्रसाद वितरण ।
५ देउडा खेल ।
६ गौरा सेलाउने, विसर्जन ।
७ सुदूरपश्चिम देउडा गितमा डि. जे. ।
महासचिव हरि दत्त जोशी का अनुसार, “गौरा पर्व हाम्रो पहिचान मात्र नभई, पौराणिक संस्कृति, परम्परा र एकतासँग जोडिएको महान चाड हो। अमेरिकामा बसोबास गर्ने नेपाली दाजुभाइ–दिदीबहिनीलाई आफ्नै संस्कृति र परम्परासँग नजिक बनाउने यस कार्यक्रमले नयाँ पुस्तामा पनि सकारात्मक सन्देश दिनेछ।” भन्नु भयो ।
समाजले यस पर्वलाई अमेरिका जस्तो बहुसांस्कृतिक भूमिमा नेपालको सांस्कृतिक सम्पदा प्रचार–प्रसार गर्न ठूलो अवसरको रुपमा लिएको हुदा सहभागीहरूले आफ्नो पहिचान झल्काउने पोशाक र सामग्री ल्याउनसमेत अनुरोध गरिएको छ ।
यसरी सुदूरपश्चिम समाज अमेरिकाले न्यूयोर्कमा आयोजना गर्न लागेको गौरा पर्वले प्रवासमा बस्ने नेपालीहरूलाई आफ्नै संस्कृति, परम्परा र पहिचानसँग पुनः जोड्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समय तालिका यस प्रकार छ ।
मिति: August 30, 2025 शनिबार
समय: बेलुका ५ः०० – सॅाझ १०ः०० बजे सम्म
स्थान: Shree Divya Dham Mandir, Woodside, NY .
सम्पर्क व्यक्ति :-
रैभान महरा, कार्यक्रम संयोजक : 347-737-9131
दान सिंह बिष्ट, अध्यक्ष– 516-476-3385
र फ्लाएरमा दिईएको अन्य कार्य समितीका सदस्यहरुलाई पनि सम्पर्क गर्न सक्नु ब
हुनेछ ।
थप जानकारीका लागि: supasamajamerica.org