
प्रहरीले चलाएको रबर बुलेट लागेर ३ युवा घाइते
मकै हाउस मिडिया, भिम लामा
काठमाडौं । बानेश्वरमा भएको प्रदर्शनमा ३ जेनजी घाइते भएका छन् । प्रहरीले चलाएको रबर बुलेट लागेर तीन जना प्रदर्शनकारी घाइते भएका हुन् ।
कफ्र्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।
माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । सो क्रममा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबर बुलेट चलाएको हो ।

