Banner

टेक्ससका सफल व्यवसायी हरिवोल भण्डारीले देह त्याग गरेका छन् ।

 

मकै हाउस मिडिया, टेक्सस सम्वादाता

टेक्सस । सफल व्वसायी तथा अभियन्ता हरिवोल भण्डारीले देह त्याग गरेका छन् । 

भण्डारीको नजिकैको छिमेकीले दिएको जानकारी अनुसार बिहान १०-१२ बजेको समयमा उनले आफ्नै निवासमा देहत्याग गरेको बताएको छ । 

देह त्याग गर्नुको कारणबारे स्पष्ट नभईसकेको तर उनले नोट लेखेर छाडेका बताएका छन् । 

भण्डारी अमेरिकी नेपाली डाएस्पोरामा चिर परिचित नाम हो, सफल व्यवसायी र असल व्यक्तित्वको छवी वनाएका भण्डारी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्व परिषदका पुर्व सल्लाहकार र नेपाली कांग्रेस महासमिती सदस्य पनि थिए । 

 

Loading...