
शुशिला कार्की र हर्क साम्पांग दुई टोली देखे पछी नेपाली सेनाले माइकिङ गर्दै भन्यो– समूहको नेतृत्व चयन गरेर आउनू
मकै हाउस मिडिया,
काठमाडौं ।जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिहरुले दुई नेतृत्वको नाम लिए पछी झनै विवाद बढेपछी जेन-जी समूहको नेतृत्व गरेर वार्तामा बस्न नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै ग्रुप लिडरको नाम लिएर आउन भन्दै माइकिङ गरेको छ ।
जेनजीको एउटा समूहले हर्क साम्पाङलाई प्रधानमन्त्री बताएपछि अर्को समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनुपर्ने भन्दै जंगी अड्डा पुगेको थियो ।
जंगिअड्डा बाहिर नै कस्लाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा विवाद भएपछि नेपाली सेनाका अधिकारीले माइकमार्फत् भने– अहिले यहाँ विवाद गर्नुको अर्थ छैन । नाम भोलि लेखेर दिनुहोला । ग्रुप लिडर एकजना बनाउनू । १० जना नेतृत्व हो भने फोन नम्बरसहित नेता चयन गरेर आउनू ।”

